जनप्रिय नेता दिपक खड्काको पहलमा जलविद्युतमा भित्रियो चिनियाँ लगानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार १३:०५

काठमाडौं । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । रसुवा गोसाँईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेसी रुङगामा १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास गरिएको हो ।

गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्तरूपमा शिलान्यास गरेका हुन ।

करीब १२ वर्षअघि सो आयोजना निर्माणबारे अध्ययन थालिएको थियो । यस अवधिमा पटक–पटकको छलफलपछि चिनियाँ लगानीकर्ता लगानी गर्न सहमत भएको निर्देशक खड्काले बताए। आगामी ३ वर्षभित्र आयोजनाको काम सम्पन्न गरिसक्ने विश्वास लिईएको छ ।

९० प्रतिशत विदेशी लगानी रहेको उक्त आयोजनामा नेपाली दिपक खड्काको १० प्रतिशत लगानी रहेको छ । चिनियाँ कम्पनी सिचुवान हुवानी ईनर्जी ईनभेष्टमेन्ट कोअपरेशन प्रा.लीको ९० प्रतिशत लगानी रहेको छ । २० अर्ब ३९ करोड रुपैयाँ लागत रहेको सो आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१