बास दिएकै घरका दम्पतीको ह’त्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार ०५:१०

काठमाडौं । काभ्रेको नमोबुद्ध गाउँपालिकामा दुई महिनाअघि भएको दम्पती हत्याकान्डमा दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले उदयपुरको चौदण्डीगढीका २० वर्षीय किरणकुमार मगर र २४ वर्षीय सुमन राईलाई पक्राउ गरेको हो।

राई र मगर दुवै जना राजधानीमा बस्दै आएका थिए। दुवै जना ज्यालामजदुरी गर्छन्। गत कात्तिक १९ गते नमोबुद्ध-८ दाप्चा तल्लो हटियामा ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीय रुकुमाया श्रेष्ठको हत्या भएको थियो।

उनिहरु आफ्नै घरमा किराना पसल र सानो होटल सन्चालन गर्दै आएका थिए। साँझमा बस बस्ने निहुमा राई र मगरले श्रेष्ठ दम्पतीको हत्या गरेको दावी सीआईबीको छ। सीआईबी प्रवक्ता एसपी बेल पाण्डेले श्रेष्ठ दम्पतीसँग पैसा भएको हुन सक्ने आशंका गरेर हत्या भएको बताए।

खुर्पा र बियरको बोतलले अन्धाधुन्ध प्रहार गरि दुवै जनाको हत्या भएको थियो।

छोराछोरी भएपनि श्रेष्ठ दम्पती उक्त घरमा एक्लै बस्दै आएका थिए। सीआईबीका अनुसार पक्राउ परेका दुवै जना श्रेष्ठको घर बनाउने काममा पनि संलग्न थिए।

त्यही चिनजानका आधारमा उनिहरु बास बस्न पुगेको प्रहरी अधिकारी बताउँछन्। प्रहरी नायब उपरिक्षक-डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले लामो अनुसन्धानपछि आरोपी पत्ता लगाएको हो।

प्रहरीका अनुसार साँझको समयमा श्रेष्ठको घरमा पुगेका दुवै जना अवेरसम्म मदिरा सेवन गरेर बसेका थिए। फेरी रक्सि खानु पर्‍यो भन्दै तल बोलाएर श्यामलाई घाइते बनाएको र श्रीमानको आवाज सुनेर तल झर्दा रुकुको पनि हत्या भएको दावी सीआईबीको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१