भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुनेका लागी पार्किङस्थल यी हुन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७६, बुधबार ०५:५४

काठमाडौँ । दशरथ रंगशालामा हुने भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुने विभिन्न क्षेत्रका व्यक्तित्वहरूका लागि फरकफरक स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागी हुने भिआइपीहरुका लागि दशरथ रंगशालाको पछाडिपट्टि पार्किङको व्यवस्था गरिएको छ भने पूर्व प्रधानमन्त्री झन्डावाल सवारी साधन प्रयोग गर्नेहरू र कुटनीतिक नियोगका प्रमुखहरुका लागि रंगाशालाको मूल गेटभन्दा दायाँ तर्फको भागमा पार्किङ गराउने व्यवस्था गरिएको छ ।

यसैगरी सञ्चारकर्मी तथा अन्य आमन्त्रित पाहुनाहरुका लागि काठमाडौं महानगरपालिका अगाडि आर्मी अफिसर्स क्लबको गेटतर्फ पार्किङको व्यवस्था छ । राष्ट्रिय खेलकुद परिषद्को पछाडि भने विशिष्ट व्यक्तिहरू तथा नेपाल सरकारका सचिवहरुले मात्र पार्किङ गर्न पाउनेछन् । आमन्त्रित पाहुना र कर्मचारीहरुले भने टुँडिखेलमा पार्किङ गर्नुपर्नेछ ।

सुरक्षा निकायक प्रमुखहरूका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल परिसरमा पार्किङको व्यवस्था छ । आफैं सवारी हाँकेर आउने पाहुनाहरूका लागि भने वर्ल्ड ट्रेड सेन्टरमा पार्किङको व्यवस्था छ । ‍भ्रमण वर्ष २०२० को उद्घाटन बुधबार दिउँसो ४ बजे औपचारिक रूपमा हुँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१