सोह्रखुट्टेमा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७६, बुधबार ०५:५१

काठमाडौँ । काठमाडौं सोह्रखुट्टेमा ब्रेक फेल भएको एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ।

मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा३ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरको ‌ओरालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीलाई ठोक्दै गुडेको ट्यांकरपछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएपछि रोकिएको थियो ।

मोटरसाइकल चालकलाई सामान्य चोट लागे पनि मानविय क्षति नभएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे असई वसन्त थापाले जानकारी दिएका छन् ।

घटनालगत्तै चालक फरार भएका थिए । तर, ट्यांकर धनी प्रहरीकहाँ पुगेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१