काजोलको आरोप- अजय र सैफ अली खानले मलाई धोका दिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७६, मंगलवार ०५:१७

बलिउड अभिनेत्री काजोल अचेल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। हालै काजोलले एउटा ट्विट गरेकी थिइन् जसकारण उनको चर्चा भइरहेको छ।

काजोलले ट्विटमा आफ्ना श्रीमान तथा अभिनेता अजय देवगन र सैफ अली खानले धोका दिएको आरोप लगाएकी छन्।

काजोलले अजय देवगन र सैफ अली खानलाई भनेकी छन्- तपाईंहरूले मलाई ओमकारामा धोका दिनुभयो। र अब प्रचारमा पनि दिइरहनुभएको छ।’

काजोलले ट्विटमा थप लेखेकी छन्- आशा छ कि तपाईंहरू यो ट्विट स्विटजरल्यान्डमा पढ्दै हुनुहुन्छ।

सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको काजोलको यो ट्विट सैफ अली खान र अजय देवगनको नयाँ फिल्म लक्षित हो।

फिल्म ‘तान्हा जी: द अनसङ वारियर’ मा दुई अभिनेता सँगै देखिँदैछन्। यसमा काजोल पनि छन्। तर फिल्मको प्रचारका लागि अजय र सैफ मात्र स्विटजरल्यान्ड गएकाले काजोलले उनीहरूमाथि धोका दिएको आरोप लगाएकी हुन्।

काजोल आफूलाई स्विटजरल्यान्ड नलगेको भन्दै यस्तो ट्विट गरेकी हुन्।

‘तान्हा जी: द अनसङ वारियर’ मा अजय देवगन छत्रपति शिवाजीका सेनापति सूबेदार ताना जी मालुसरेको भूमिकामा देखिँदैछन्। फिल्ममा अजय, सैफ र काजोलसहित पंकज त्रिपाठी र शरद केलकरको पनि मुख्य भूमिका छ।

फिल्म आउँदो जनवरी १० मा रिलीज हुँदैछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१