दूधसँग मिलाएर नखानुहोस् यी खानेकुरा, बन्नसक्छ बिष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७६, मंगलवार ०४:४८

दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छन। यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हड्डी बलियो बनाउँछ। तर दूधसँग गलत खानेकुरा खानुभयो भने त्यसले विषको काम गर्छ। दूधसँग के के खानु हुदैन त ? यहाँ उल्लेख गरिएको छ,

सुन्तला, अंगुर र कागती
दूध पिउनेबित्तिकै केही मानिस सुन्तला वा कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूध फटाइदिन्छन्। यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ। अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ।
मासु
दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ। पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ।
माछा
माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ।
नून
दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१