चिकित्सा शिक्षाको स्नातक तहमा भर्ना प्रक्रिया शुरु गर्न आयोगको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७६, सोमबार ०४:५७

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शैक्षिक शत्रका लागि भर्ना प्रक्रिया अघि बढाउन त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्व विद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

आयोगले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै विश्व विद्यालय र प्रतिष्ठानलाई काउन्सिलिङ गरी भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ ।

आयोगले काठमाडौं विश्वविद्यालय र त्यसका मातहतमा रहेका निजी मेडिकल कलेजहरुलाई शिक्षा मन्त्रालयलाई दिनुपर्ने छात्रवृत्तिको सिट बाहेक अन्य सिटमा काउन्सिलिङ गरी विद्यार्थी छनोट तथा भर्ना गर्न निर्देशन दिएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने शिक्षा मन्त्रालयबाट ७५ प्रतिशत छात्रवृत्तिको सिट बाहेक अन्य सिटको लागि मात्र भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र मातहतका आंगिक संस्थाका लागि चिकित्सा शिक्षाको स्नातक तहमा ७५ सिट बाहेक र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मातहतका निजी मेडिकल कलेजलाई उपलब्ध सिट मध्ये छात्रवृत्तिको सिट संख्या बाहेकमा भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

यसअघि शिक्षा मन्त्रालय र आयोगले छात्रवृत्तिको छनौंटमा पर्ने र शुल्क तिरेर अध्ययन गर्ने सबै विद्यार्थीलाई एकैपटक काउन्सिलिङ र भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । तर आयोगको तयारी नपुगेपछि छात्रावृत्ति बाहेकका विद्यार्थीको भर्ना प्रक्रिया तत्काल शुरु गर्न लागिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१