ओलीलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७६, सोमबार ०४:४८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विशिष्ट अतिथिको सहभागिताका लागि निमन्त्रणा दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएका हुन् । पर्यटनमन्त्रीका साथमा उर्जा मन्त्री वर्षमान पुन लगायत प्रधानमन्त्री निवास पुगेका थिए ।

भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । पर्यटन वर्षको शुभारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१