यु–१६ च्याम्पियनसीप फुटबलमा नेपालले कुवेतलाई २-१ ले हरायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७१, बुधबार ०५:५३
nepalथाइल्याण्डमा जारी एएफसी यु–१६ च्याम्पियनसीप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई हराउँदै क्वार्टर फाइनल नजिक पुगेको छ। बैंकको मुवाड‍‍ थुड रंगशाला भएको खेलमा नेपालले सुरूवाती तेस्रो मिनेटमै कुवेती खेलाडीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। कुवेतका सबिवले नेपाललाई आत्मघाती गोलको उपाहार दिएका थिए। यस्तै खेलको ७५औ मिनेटमा कुवेतले बराबरी गोल फर्कायो।

खेलको ८१ मिनेटमा अन्जन विष्टलाई कुवेती खेलाडीले लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल घर्तीमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। अन्ततः खेलमा अरू गोल भएन र नेपालले खेल २-१ ले जित्यो। यसअघि पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो।आजको हारसँगै पहिलो खेलमा उत्तर कोरियासँग पराजित भएको कुवेत प्रतियोगिताबाट बाहिरिएको छ।  जितसँगै नेपालको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा साविकको विजेतासँग १-१ गोलको बराबरी खेलेको नेपाल उत्तर कोरियासँग खेल्नेछ ।

प्रतिक्रिया