महाराजा माध्यमिक विद्यालय नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७६, आईतवार ०५:१९

नेपालगञ्ज । चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ । दाह संस्कार भएको दिन विद्यालयमा पढ्न आउन विद्यार्थी डराउँछन् ।

विसं २०१० मा स्थापना भएको विद्यालयको छेउमै मसानघाट हुँदा विद्यालयको पठनपाठनसमेत प्रभावित हुँदै आएको छ । विद्यालय छेउमै विसं २०७३ मा स्थापना भएको मसानघाटका कारण अध्ययन, अध्यापन गर्ने÷गराउनेमा समेत मानसिक र शारीरिकरूपमा असर पर्ने गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताए । हुनत् विकासको तीव्र गतिसँगै बाँकेका धेरै ठाउँमा रहेका कतिपय मसानघाट मासिँदै जान थालेको छन् ।

विद्यालय सञ्चालन भइरहेका बेला मुस्लिम समुदायका मानिसको मृत्युपछि शवलाई मसानघाट ल्याउँदा विद्यार्थीले झ्याल बन्द गर्नुको विकल्प नभएको प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१