रश्मिलाज फेसियल हाउसको १२औं वार्षिकाेत्सव भब्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७६, शनिबार ०६:०५

काठमाडाै । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १२औं वार्षिकाेत्सव भब्यताका साथ सम्पन्न गरेकाे छ । राष्ट्रिय सभाका सांसद तथा गायिका काेमल वलीकाे प्रमुख आतिथ्यमा सुरु भएकाे कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध १३ जना व्यक्तित्वलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा पुर्व मिस नेपाल तथा फेसन डिजाईनर उषा खड्गी, ब्युटिसियन सिता न्याैपाने, अभिनेत्री सरिता लामिछाने, समाजसेवी दिक्षा चापागाईं , मेक अप आर्टिष्ट रायन मङ्गाेलियन लगाएतलाई खादा, कदर पत्र र मायाकाे चिनाे दिई सम्मान गरिएकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले रश्मिलाज फेसियल हाउस एण्ड ब्युटि केयर लाई माया र विश्वास गर्ने सम्पुर्णलाई धन्यवाद भन्दै आगामी दिनमा थप सुविधायुक्त बनाएर लैजाने बताए ।

कार्यक्रमा विभिन्न कलाकार र गायकहरुले प्रस्तुती दिएका थिए । महिला र पुरुष दुबैका लागी फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको फेसियल हाउस सुन्धारा स्थित काठमाडाैंमल र बालाजु बिजि मलको चौथो तलामा संचालित छ ।

प्राय सबै सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकी संचालक सिनियर ब्युटिसियन रश्मिला श्रेष्ठ हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१