टानका निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको १००औँ दिन पुरा, भ्रमण वर्षमा भरपूर सहयोग गर्ने प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७६, शनिबार ०६:०१

काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिइसन अफ नेपाल (टान) को ४१ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेको १०० औँ दिन पुरा भएको छ ।

शुक्रबार पदभार ग्रहणको १००औँ दिन मनाउँदै टान सचिवालयले काठमाडौँको मालिगाउँमा पत्रकार सम्मेलन गर्दै टानले भ्रमण वर्ष २०२० लाई सफल बनाउन भरपूर रुपमा सहयोग गर्ने जानकारी दिएको छ ।

टानका नव निर्वाचति कार्यसमितिले कार्यभार सम्हालेको १०० औँ दिनमा भएको कार्य विवरण सार्वजनिक गर्दै टानले थोरै समयमा धेरै कामहरु अगाडी बढाएको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

टानले भ्रमण वर्षलाई लक्षित गरी पर्यटनहरुको लागि विभिन्न सेवा सुविधा उपलब्ध गराएको र त्यसलाई कार्यान्वयनमा ल्याउन टानका पदाधिकारीहरुले होटल व्यवसायीलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१