प्रेमीको लिङ्ग काट्ने युवती प्रहरी खोरमा, कस्तो छ प्रेमीको अवस्था ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७६, शनिबार ०५:४०

काठमाडौं । काठमाडौं प्रहरीले बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिङ्ग काटिदिएको घटनाको बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले लिङ्ग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ । ८ महिनादेखि ती युवती र युवकबीच शारीरिक सम्बन्ध थियो । मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन् ।

युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए । आफन्तको भनाइअनुसार युवतीलाई ती युवकले उनकै कोठामा बलात्कार प्रयास गरेका थिए । अस्मिता लुटिन लागेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिंग काटिदिएकी दाबी गरिएको छ ।

घटनाबारे जानकारी दिन आइतबार युवतीका परिवारले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिङ्ग काटेको भनेर नबुझ्न आग्रह गरेका छन् ।

विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न ती युवतीले लिङ्ग काटिदिएको हुन् सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

उनले उपचारपछि घर फर्किसकेका ती युवकले ललाइफकाइ ८ महिनादेखि शारीरिक सम्बन्ध राखेको बताइएको छ । ती युवतीले विवाहको प्रस्ताव राख्दा अस्वीकार गरे पनि फेरि युवकले बलात्कारको प्रयास गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।

बौद्ध वृत्त प्रमुख डीएसपी सिंहले पीडित युवतीका आफन्तले लिखित जाहेरी नल्याएको दाबी गरेका छन् । घटनाबारे माथिल्लो तहमा समेत जानकारी छ । जाहेरी दिने हदम्याद नाघेको छैन । अझै पनि उनीहरूले जाहेरी ल्याउन सक्ने सिंहले बताएका छन् ।

गत मंसिर २३ गते अपरान्ह बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो । घटनालगत्तै पीडिताले नै एम्बुलेन्स बोलाएर बलात्कारको दुस्प्रयास गर्ने युवकलाई अस्पताल पठाएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१