चाँगुनारायण हत्या काण्ड : आमाको हत्या गर्ने छोरीसहित चार जनालाई जन्म कैद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७६, शनिबार ०५:३७

काठमाडौं । जिल्ला अदालत भक्तपुरले गत असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्याका गर्ने छोरीसहित चारै जनालाई जन्मकैद फैसला सुनाएको छ ।

अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो । न्यायाधीश डा. प्रकाश उप्रेतीको इजलासले अभियोग दाबीअनुसार चारै जनालाई हदैसम्मको सजाय सुनाएको श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

चाँगुनारायण–७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको असारमा घाँटी रेटेर हत्या गरिएको थियो । हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ थियो । हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन् । छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको थियो ।

प्रहरीका अनुसार नौसादले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । दुबै मोहम्मद रहिश र भोला कुमार थिए । ईश्वरी र नौसाद भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थे । सोही क्रममा नौसादसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नौसादले हत्या योजना बनाएको र भट्टराईले सहयोगी भूमिका खेलेको अनुसन्धानमा उल्लेख थियो ।

वैशाख अन्तिममा घर निर्माण सकियो । सोनम थापा मगरले सासु, श्रीमती र चार वर्षीय छोरालाई जेठ २ गते चाँगुनारायण नगरपालिका–७ बाँसबारी सारे । घर सर्नुभन्दा पहिले उनीहरू लोकन्थलीमा डेरा बस्थे । डेरा बस्दा मासिक भाडा मात्र २० हजार थियो । आफ्नै घर भएपछि त्यो खर्च जोगिने र जीवनयापन थप सहज हुने सोनमको विश्वास थियो ।

बसाइँ सरेसँगै छोरा दिप्सनलाई नजिककैको नेतापुल बोर्डिङ स्कुलमा भर्ना गरे–युकेजीमा । लोकन्थली छँदै दीव्यदीप ज्योति बोर्डिङबाट दिप्सनले एलकेजी सकेका थिए । सोनम एयरपोर्टमा रेस्टुरेन्ट चलाउथे ।

श्रीमती ईश्वरी कमलविनायकस्थित साह गार्मेन्टमा ज्याकेट सिलाउने काम गर्थिन् । ईश्वरीसँगै बसिरहेकी उनकी आमा सावित्री नाति दिप्सनको रेखदेख र घरायसी काममा खटिन्थिन् । नातिलाई बोर्डिङ पुर्‍याउने, खाजा लगिदिने, घर ल्याउने सबै काम सावित्रीले गरिरहेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१