विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७१, बुधबार ०५:३७
बागलुङ, २५  भाद्र  ।बागलुङको खुङ्गा गाविसको एक विद्यालयका विद्यार्थीमा अनौठो रोगको लक्षण देखिएको छ । खुङ्गाको छोरेगाउँ माविका विद्यार्थीमा पढ्दा पढ्दै बेहोस हुने, रुने, कराउने, बर्बराउने, दगुर्ने जस्ता समस्या देखिएका हुन् । विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीमा ती लक्षण देखिएको विद्यालय जनाएको छ ।
“खासगरी १३ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीमा यस्ता लक्षण देखिएका छन्”, विद्यालका शिक्षक जीवराज गौतमले भन्नुभयो – “रुने कराउनेसँगै ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण पनि देखिएका छन् ।” गत हप्तादेखि देखिएको अनौठो रोगको कारण यतिबेला विद्यालयका नौ जना विद्यार्थी बिरामी परेका छन् ।छोरा छोरीमा अचम्मको रोगको लक्षण देखिएपछि अभिभावक पनि त्रसित बनेका छन् ।
रोगको लक्षणका आधारमा ‘मास हिस्टेरिया’ नामको रोगको प्रकोप भएको भन्दै चिकित्सको टोली रोग प्रभावित क्षेत्रमा गएको धवलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिन्टेन्डेन्ट डा. तरुण पौडेलले बताएका छन् ।अविभावकको आग्रह अनुसार विद्यालयमै झाँक्री राखेर पूजासमेत गरिएको विद्यालयले जनाएको छ । लागो (देवता) लागेको भए ठीक हुन्छ भन्ने जनविश्वास अनुसार विद्यालयमै झाँक्रीसहित एउटा बोका र चार वटा कुखुराको बलि दिएर पूजा गरिएको स्थानीय जनताले बताएका छन् ।विद्यालयका नौ जना विद्यार्थीमा देखिएको समस्या अन्य विद्यार्थीलाई सर्नबाट रोक्न लागि केही दिन विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१