घुस लिएकाे आराेपमा महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत र लेखापाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७६, शुक्रबार ०५:१९

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सूचना र विज्ञापन दिएबापत घुस मागिरहेको अवस्थामा उनीहरुलाई ३० हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यस्तै रुपन्देहीको विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१