इंग्लिस प्रिमियर लिग : टोटनह्यामकाे आठौँ जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७६, शुक्रबार ०५:१७

इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले आठौँ जित निकालेको छ । बिहीबार भएको खेलमा उसले ब्राइटनलाई दुई एक गोलले पराजित गर्‍याे ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले ब्राइटनको एक गोलको अग्रता उल्ट्यायो । उसको जितमा डेली अली र ह्यारी केनले एक-एक गोल गरे ।

खेलको ३७ औंँ मिनेटमा वेब्स्टेरको गोलमा ब्राइटनले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राइटनले दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

जसमा खेलको ५३ औंँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरी गर्न सफल भए । त्यसपछि ७२ औंँ मिनेटमा डेले अल्लीले औरीरको पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

त्यसपछि दुवै टिमबाट गोल हुने सकेन र टोटनह्यामले जित निकाल्यो । यो जितपछि टोटनह्याम लिगको पाँचौँ स्थानमा उक्लिएको छ । उसको १९ खेलमा २९ अंक भएको छ । ब्राइटनको २० अंक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१