नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा डा.राअहिराजको ५१ हजारको अक्षयकोष स्थापना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७६, बिहीबार ०५:५४

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा डा.राजेश अहिराजले ५१ हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । मधेश मामिला जानकार डा. राजेश अहिराजले नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखामा ‘रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्नुभएको हो। विसं २०४६ सालमा सद्भावना परिषदका संस्थापक रामचन्द्र मिश्र रहनुभएको र मधेशका लागि धेरै योगदान दिनुभएको स्मरण गर्दै डा. अहिराजले महोत्तरीमा उहाँकै नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको डा. अहिराजले जानकारी दिनु भयो। नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललाई ५१ हजार रुपैया हस्तान्तरण गरिएको हो । सो रकम महोत्तरी शाखाको बैंक खातामा १० वर्षे मुद्दती खातामा जम्मा गरि सो रकम बाट आउने ब्याजमार्फत प्रत्येक वर्ष जिल्लामा मधेशको हकहितका लागि समाचार लेख्ने तथा मधेश मामिलामा कलम चलाउने पत्रकारमध्येबाट एक जनालाई पुरस्कृत गरिने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१