भ्रष्टाचार अभियोगमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७६, बुधबार ०५:५२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाँउपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७३/७४ मा जिल्ला समन्वय समितिको कार्यालय बर्दियाबाट प्राप्त भएको बजेट दुरुपयोग गरेको आरोप लगाएको छ ।

आयोगले गाँउपालिकाका तत्कालीन सचिव मणिराज पौडेल र खरिदार प्रदीप चौधरीले भवन निर्माणमा हुँदै नभएको कार्यसमेत भएको भनि रु एक लाख ८९ हजार ७५२ बराबरको अनियमितता गरेको पाइएको छ ।

आयोगले जिल्ला प्राविधिक कार्यालय बर्दियाका असिस्टेन्ट सव इन्जिनियर लोकबहादुर शाही र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरीविरुद्ध समेत सोही अनुसारको बिगो माग गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै शहरी तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोश जोशीविरद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपका लागि रु २५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्यांक अधिकृत मेघनाथ रेग्मीविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको अभियोग रेग्मीमाथि लागेको छ । आयोगले रेग्मीविरुद्ध रु एक लाख आठ हजार ३८९ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

यस्तै स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक मनीषकुमार महत्तोविरुद्ध रु चार लाख ८१ हजार ९९५ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले महतोसहित स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार हरिशंकर शर्माविरुद्ध समेत आयोगले रु एक लाख ७८ हजार ४८६ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१