“अपांगहरुलाई सामाजिक सुरक्षाको अतिरिक्त रोज़गरि र आय आर्जनको अवसर दिनुपर्ने”- रमेशकुमार महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०७६, मंगलवार ०६:२५

नुवाकोट । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार विषयक अपाङ्ग मैत्री वातावरण सम्वन्धि दुईदिने अन्तक्रिया कार्यक्रम नुवाकोटको लिखु गाउँ पालीकामा आज एक समारोह विच उदघाटन गरि शुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि-रमेशकुमार महतले ऊद्घाटन मन्तव्यको क्रममा शारिरिक असक्षमतालाई नै अपांगको संज्ञा दिन नहुने धारणा राख्नु भयो। शारिरीक असक्षमता भएका व्यक्तिहरुले नै कतिपय सन्दर्भमा विशिष्टता हासिल गरेका छन्।
ऊक्त कुराको ऊदाहारणको रुपमा राख्दै साहित्यकार झमक घिमिरेले लेखेको साहित्यिक कृति “जीवन कांडा कि फ़ुल”ले मदन पुरस्कार प्राप्त गर्न सफल भएको वताऊदै महतले अपांगहरुलाई सामाजिक सुरक्षाको साथै रोज़गारी र आयआर्जनको अवसर दिनु पर्ने कुरा समेत वताऊनु भयो कार्यक्रमका अतिथि वक्ताहरु अध्यक्ष नितेस कुमार गुप्ता, नेपाली काङ्ग्रेस गाउँ ईकाई सभापती विनोद पाठक, लिखु-काठमाण्डौ सम्पर्क समितिका संयोजक-ठाकुर लामिछाने, सरस्वती मल्ल श्रेष्ठ,महिला विकास अधिकृत,उत्तम पाठक,माधव पन्त र ठाकुर लामिछाने लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय अपाङ्ग संघको आयोजनामा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय एवं काठमाण्डौ महानगर पालीकाको आर्थिक सहयोगमा भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१