बोष्टर मिडियाको सफलतापुर्बक ६ बर्ष पुरा (फोटो तथा भिडियो हेर्नुस)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०७६, मंगलवार ०६:०२

काठमाडौं । नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ६ बर्ष पुरा गरेको छ । पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको छैठौ वार्षिकोत्सव साथै २०२० भ्रमण बर्षमा मिडियाको भूमिका बिषय अन्तर्क्रिया कार्यक्रम नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा रामशरण महतले नेपालमा पुर्बधार राम्रो हुने हो भने पर्यटक प्रचुर मात्रामा आउने र देशले छिट्टै फड्को मार्ने बताउदै अबको ध्यान बिकास पूर्वाधार र पर्यटक बिकासमा हुनुपर्नेमा जोड दिनुभयो। महतले भन्नुभयो राजनीतिक, शैक्षिक, स्वास्थ्य लगायतका विविध क्षेत्रका जानकारीहरुलाई सूचनामुलक तवरबाट प्रकाशन प्रसारण गरेकोमा बोष्टर मिडियाको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमन्त्री राम कुमार श्रेष्ठले बोष्टर मिडियाले जनपक्षीय खोजमुलक र सामाजिक सूचनामुलक तथा ज्ञानमुलक विषयबस्तुहरुलाई पाठकमाझ लैजान सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

कार्यक्रममा गोकर्णेस्वरका प्रमुख प्रशासकिय अग्नि अधिकारि , नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया ,टानका अध्यक्ष खुम बहादुर सुबेदी ,बोष्टर मिडियाका सल्लाहकार लोक बहादुर टण्डन लगाएतले २०२० भ्रमण बर्षमा मिडियाको भूमिका सहित शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । मिडियालाई तथ्यपरक, सूचनामुलक, ज्ञानमुलक बनाउनका लागि पत्रकारीता क्षेत्रको ज्ञान अनुभवको साथै निरन्तरताको खाँचो आवश्यक छ, त्यस बारेमाा बोष्टर मिडिया र यसका सञ्चालक मुकुन्द ढुंगानाले सफलताको पाइला अगाडी बढाइरहेकोमा थप सफलताको शुभकामना समेत कार्यक्रमका बक्ताहरुले गरेका थिए ।



छैठौ वार्षिकोत्सव अवसरमा बोष्टर मिडियाको स्मारिका बिमोचन समेत गरिएको छ ।साथै बोष्टर मिडिया सम्मान २०७६ बाट सम्मानित व्यक्तित्वहरु यस प्रकारका छन् ।

पर्यटन क्षेत्रबाट टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की

युवा निर्माण ब्यबसायीको क्षेत्रबाट यन प्रसाद अधिकारि (राजु )

सौन्दर्य क्षेत्रबाट सुमित्रा रंजित (सुमी)

ब्युटीसियन तथा ब्यबसायी क्षेत्रबाट सरु श्रेष्ठ

सौन्दर्यकर्मी क्षेत्रबाट तुलसी खनाल

प्रबतारोहण क्षेत्रबाट शर्मिला लामा

पत्रकार तथा कालाकार क्षेत्रबाट शोभा त्रिपाठी

सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा सभापति मुकुन्द ढुंगानाले आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रेषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसँग अन्र्तक्रिया एवं पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको बोष्टर मिडियाले ६ बर्ष पुरा गरेकोमा खुसि ब्यक्त गर्नुभयो साथै २०२० भ्रमण बर्षमा मिडिया महत्वपूर्ण भूमिका रहेकोले सबै पत्रकार साथीहरुलाई सहयोग गर्नको लागि समेत आवाहन समेत गर्नुभयो । सो कार्यक्रममा सल्लाकार सूर्यबहादुर अधिकारी,शकिला पाठक ,राजेश्वोरी श्रेष्ठ,राधेश्याम लेकाली,पत्रकार उदय श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो ।

हेर्नुस : भिडियो हेर्नुस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख ३०, २०८१