अष्ट्रेलिया पठाउने प्रलोभन देखाएर ठगी गर्ने घले पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७६, सोमबार ०५:०७

काठमाडौ । प्रहरीले अष्ट्रेलियाको प्रलोभन देखाएर ठगी गर्ने चलबहादुर घलेलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चलबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस २४ गतेको फैसलाले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भए पनि उनी फरार हुँदै आएका थिए ।

उनलाई खोजतलासका क्रममा आज काठमाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

विसं २०६८ जेठ १३ गते घलले वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडितमार्फत रु सात लाख लिई फरार भएका थिए ।

उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा घलेलाई आजै कारागार कार्यालय सुन्धारा चलान गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१