जिल्ला शिक्षा कार्यलय भोजपुर बाट विद्यालयमा छानविन सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७१, मंगलवार १८:०५

गणेश विष्ट

भोजपुर/२४ भाद्र । जिल्ला शिक्षा कार्र्यलयबाट भोजपुरको आम्तेक गा.वि.सको लक्ष्मी नि.मा.वि र च्याङग्रे गा.वि.सको औलीया तौलीया प्रविले दलित छात्राबृती बितरणमा गरेको अनियमितताको जिल्ला शिक्षा कार्यलयले छानविन सुरु गरेको छ ।

जिल्ला शिक्षा कार्यालयले उक्त क्षेत्रका बिद्यायलय निरिक्षक तथा स्रोत व्यक्तिको नेतृत्वको टोलीलाई स्थलगत अनुगमनको लागी सम्वन्धीत क्षेत्रमा पठाईएको जिल्ला शिक्षा कार्यालयका साखा अधिकृत रेवती पराजुलीले जानकारी दिनुभयो ।

उक्त टोलीले अनुगमन गरी प्रतिवेदन बुझाएपछी के भएको हो सोही अनुसार कारवाही प्रकृया अगाडि बढाईने पराजुलीले जानकारी दिनुभयो । केहि समय अगाडि उक्त बिद्यालयले छात्राबृत्ती बितरणमा अनियमितता गरेको खवर बिभिन्न सञ्चार माध्यममाले प्रसारण गरेको थियो ।

त्यसपछी उक्त बिषयलाई लिएर जिल्लाका सरोकारवाला तथा बिभिन्न संघ संस्थाले छानविन प्रकया अगाडि बढाउन जिल्ला शिक्षा कार्यालय भोजपुर संग माग गरेका थिए । लक्ष्मी नि.मा. वि. ४ सयको दरले बितरण गर्नु पर्ने रकम २ सयको दरले बितरण गरी ४ सयको फर्जि भरपाई बनाएर जिल्ला शिक्षा कार्यालयमा पेश गरेको थियो । भने च्याङग्रेको औलीया तौलीया प्रविले ४ सयको दरले बितरण गर्नुपर्न रकम ३ सय ३१ को दरले बितरण गरेको खुलासा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१