रश्मिलाज फेसियल हाउसले १२ औं बार्षिकोत्सव मनाउदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७६, आईतवार १०:५५

बिगत १२ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाउने भएको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नया बर्ष २०२० तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको १२ औ बार्षिकोत्सबको अायाेजना गरेकाे हाे ।
काठमाडौँ बसुन्धराको पानस बैङकटमा मनाउन लागिएको १२ औं बार्षिकोत्सबमा चर्चित कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत रहनेछ भने समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान तथा उत्कृष्ट कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।

बिगत १२ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१