स्ट्रिङ मिडिया प्रालिले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस नारायणीको पहिलो अडिसन हेटौँडामा सम्पन्न भएको छ । शनिबार बाट सुरु भएको अडिसनमा पहिलो दिन १९ जना सहभागीले प्रस्तुति दिएका थिए । अडिसनमा ९ जना युवती र १० जना युवकले सहभागिता जनाएको आयोजकले बताएको छ ।
अडिसनमा निर्णायकको भूमिकामा कोरियोग्राफर प्रवेश गिरी, मिडिया पर्सन सागर न्यौपाने, युवा व्यवसायी तथा कलाकार दीपेन्द्र चन्द ठकुरी, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष रामशरण दुलाल, सन्ध्या ढुंगाना, बीरगञ्ज टिभीका दीपेश श्रेष्ठ र ब्युटिसिएन अस्मिता श्रेष्ठ रहेका थिए । दोस्रो अडिसन आगामी शनिवार आयोजना गरिने स्ट्रिङ मिडिया प्रालिका निर्देशक शिरस पुडासैनीले बताए ।
प्रतिक्रिया