जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७६, बिहीबार १४:५४

उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर जिप दुर्घटना भएको हो ।

उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएको छ ।

टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अरु तिन जनाको घटना स्थलमै ज्यान गएको थियो । भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१