इलाम विकास समाजद्वारा खेलाडीहरु सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०७६, बुधबार ०९:४१

तेर्हौ दक्षिण एसियाली खेलकुद ९साग० मा पदक विजेता पाँच इलामे खेलाडीहरुलाई इलाम विकास समाज, काठमाडौंले भब्य समारोहका बीच सम्मानित गरेको छ ।

सम्मान पाउने खेलाडीमा इलाम सन्दकपुर गाउँपालिकाका छिरिङ गुरुङ, देउमाई नगरपालिकाकी जुनी राई, सूर्योदयकी अन्जिला तुम्बापो सुब्बा, इलामका विजय बुर्जा र माङसेबुङ गाउँपालिकाकी विनीता बुढाथोकी छन् ।

गुरुङले फुटबलमा स्वर्ण, राईले उसुमा स्वर्ण, सुब्बाले फुटबलमा रजत, बुढाथोकीले बिच भलिबल र बुर्जाले बास्केटबलमा कांस्य पदक जितेका थिए ।

इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहको प्रमुख अतिथि संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ रहनु भएको थियो ।

सो समारोहमा पूर्व मन्त्री जितु गौतम, मा। अगम वान्तवा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, एन्फाका केन्द्रीय सदस्य निरोज खडकी र समाजसेवी डम्बर खड्का अतिथिका रुपमा रहनु भएको थियो ।

समारोहमा प्रमुख अतिथि नेम्वाङले विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै विभिन्न रोचक प्रसङ्गहरु उल्लेख गर्नु भएको थियो ।

इलामे खेलाडीहरुले विभिन्न खेल पनि खेल्दा रहेछन् भन्ने स्थापित गरिदिएको पूर्वसभामुख नेम्बाङले बताउनु भयो ।

‘उहाँहरूले हाम्रो शिर ठाडो बनाइदिनुभएको छ । हाम्रो सम्मान बढाइदिनुभएको छ‘ भन्नु हुँदै अप्ठेराहरूका बाबजुद देशकै शिर ठाडो पारिदिनुभएको छ ।’ सागमा तीन दिनसम्म भारतको ‘बोल्ती बन्द’ भएको पनि उल्लेख गर्नु भयो ।

नेम्वाङले ‘तेस्रो दिनपछि जब मेडलमा नेपाल पछाडी पर्यो भारतको दबदबा कायम छ भन्न थाल्यो’, ,उल्लेख गर्दै ‘त्यो हिसाबमा हामीले मेडलहरु ल्यायौं ।’ बताउनु भएको थियो ।

कार्यक्रममा सम्मानित खेलाडीहरुलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको थियो । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार हस्तान्तरण गरिएको थियो।

समारोहमा अतिथि वान्तवाले मन्तव्य राख्दै विजयी खेलाडीहरुका कारण इलाम र सिङ्गो देशको इज्जत र प्रतिष्ठा बढेको बताउनु भयो ।

यसैगरी उसु खेलाडी राईले जिल्लाका तर्फबाट गरिएको सम्मानले विशेष महत्व राख्ने बताइन् । यसले खेलाडीको आत्मबल बढाएको उल्लेख गर्दै उनले खेल क्षेत्रलाई करिअर बनाउन चाहनेलाई प्रोत्साहन गर्ने बताउनु भयो ।

यसैगरी कार्यक्रम प्रायोजक एवं समाजसेवी खड्काले इलामका गाउँबाट आएर पदक जित्ने खेलाडीहरूप्रति गौरव महसुस भएको बताउनु भएको थियो ।

यसैगरी चियालगायत कृषिमा चिनिएको इलामको पहिचान खेलमा पनि स्थापित भएकोू अखिल नेपाल फुटबल संघ एन्फा का केन्द्रीय सदस्य निरोज खड्गीले बताउनु भएको थियो ।

इलाम विकास समाजका महासचिवले संचालन गर्नु भएको सो समारोहमा सचिव अर्जुन भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१