नुवाकोट दुप्चेश्वरमा ग्रामिण आँखा क्लिनिक सञ्चालनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०७६, बुधबार ०५:१२

नुवाकोट । दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर ६ समुन्द्रटारमा ग्रामिण आँखा क्लिनिक सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले क्लिनिकको उद्धघाटन गर्नुभएको छ । क्लिनिकको उद्धघाटन गर्दै समन्वय प्रमुख तामाङले स्थानिय स्तरमै सेवा दिने उद्धेश्यले सञ्चालनमा आएको ग्रामिण आँखा क्लिनिकबाट भरपुर सेवा लिनको लागी आह्वान गर्नुभएको छ ।
क्लिनिक उद्धघाटन कार्यक्रममा दुप्चेश्वर गाँउपालिकाका प्रमुख योविन्द्र सिंह तामाङले दुप्चेश्वरको दुर्गम भेगहरु घ्याङ्फेदी, बेतिनि, शिखरबेसी, बालकुमारी, राउतबेसी, समुन्द्रटारलगायतका स्थानका स्थानिय बासिन्दालाई सेवा दिनको लागी सञ्चालनमा ल्याईएको आँखा क्लिनिकबाट सहज रुपमा सेवा लिनको लागी आँखाका बिरामीहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा दुप्चेश्वर गाँउपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले न्यून दृष्टि तथा आँखाको बिरामी मुक्त बनाउने लक्ष्यको साथ सहज रुपमा सेवा दिनको लागी ग्रामिण आँखा क्लिनिक सञ्चालनमा ल्याईएको बताउनुभएको छ ।

ग्रामिण आँखा क्लिनिक
उक्त क्लिनिक नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर र दुप्चेश्वर गाँउपालिकाबाट संयुक्त रुपमा सञ्चालित हुने सामुदायिक आँखा केन्द्र विदुरका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभएको छ । कार्यक्रममा रेडक्रस नुवाकोटका सभापति सुरतबहादुर चित्रकार, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारी, दुप्चेश्वर गाँउपालिकाका प्रशासकिय अधिकृत रामहरी गजुरेललगायतकाको सहभागिता रहेको थियो ।
साथै, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान, गौशाला–काठमाडौंसँगको सहकार्यमा नुवाकोटको बिभिन्न १५ स्थानमा मंगलबारबाट बाट आँखा शिबिर सुरु भएको छ ।
नुवाकोट जिल्लालाई न्यून दृष्टि तथा आँखाको बिरामी मुक्त बनाउने लक्ष्यको साथ सहज रुपमा सेवा दिनको लागी बस्ती–बस्तीमै बृहत्त शिविर सञ्चालन शुरु गरिएको सामुदायिक आँखा केन्द्र विदुरका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभएको छ ।

ग्रामिण आँखा क्लिनिक
मंगलबार देखि शुरु भएको शिबिर अन्तर्गत पहिलो दिन दुप्चेश्वर गाउपालिकाको वडा नं. ६ समुन्द्रटार स्वास्थ्यचौकीबाट आँखाका बिरामीहरुको चेकजाँच सुरु गरिएको छ । केन्द्रले आँखाका बिरामीहरुलाई विभिन्न स्थानमा गरिने शिविर मध्ये आफुलाई पायक पर्ने शिविर संचालन भएको स्थानमा सम्पर्क गरेर निःशुल्क रुपमा उपचार गराउन आब्हान गरेको छ । यस्तै, मोतियाबिन्दु भएका बिरामीको लागी यहि पौष २५ र २६ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा सञ्चालन हुने शिबिरमा निःशुल्क शल्यक्रिया गरिने सामुदायिक आँखा केन्द्र विदुरका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१