जमैकाकी टोनी बनिन् ‘मिस वर्ल्ड २०१९’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७६, मंगलवार ०५:३५

जमैकाकी सुन्दरी टोनी एन सिंहले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितेकी छिन् ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा जमैकाकी सुन्दरी टोनीले १२५ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड’ घोषित भएकी हुन् । मिस वर्ल्ड २०१८( भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन्।

यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१