धनगढीको विजयी सुरुवात, विराटनगर पाँच रनले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७६, मंगलवार ०५:३३

काठमाडौँ । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तगर्त आफ्नो पहिलो खेलमा धनगढी ब्लुजले विजय हासिल गरेको छ । धनगढीले विराटनगर टाइटन्सलाई पाँच रनले पराजित गरेको हो । १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो। विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो ।

विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५, सुनिल धमलाले १८, नोमन खानले ११, पुनित मेहेराले १५ तथा कप्तान प्रदिप सिंह ऐरीले १० रन बनाए । धनगढीका लागि कप्तान दिपेन्द्रले तीन विकेट लिए। सागर ढकालले दुई साथै कमल सिंह ऐरी, अमित यादव र अनिल खरेलले एक–एक विकेट लिए।

यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलको पहिलो इनिङमा पूरा २० ओभर खेल्दै धनगढीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।

विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको धनगढीका रोड्रिगो थोमसनले १३ बलमा १६ रन बनाएका थिए । सन्दीप सुनारले ६ बलमा ३ रन बनाए। कमल सिंह ऐरीले २६, मन्था विजारत्ने २५, सोरभ खनालले १२ तथा मन्जित श्रेष्ठले ११ रन बनाएका थिए ।

विराटनगर टाइटन्सका शाहब आलमले तीन विकेट लिए। नोमन खानले दुई साथै किशोर महतो, पुनित महरा र मोहम्मद जैद आलमले एक–एक विकेट लिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१