काठमाडौँको तारेश्वरमा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७६, मंगलवार ०५:२९

काठमाडौँ । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१