सेल-पे र प्राइम कमर्सियल बैंकबीच सहकार्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७६, सोमबार १४:२१

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले भुक्तानी सेवाप्रदायक सेल-पेसँग सहकार्य गर्ने भएको छ । बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेल पेसँग सहकार्य गर्ने भएको हो । सहकार्य सम्झौतामा बैंकका उपमहाप्रबन्धक भाइराजा तुलाधर र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । प्राइम कमर्सियल बैंकका ग्राहकहरुले सेल पेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १०० रुपैयाँ बराबरको मोबाइल रिचार्ज टपअप पाउने छन् भने सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयल्टी पोइन्ट पनि पाउने सम्झौतामा उल्लेख छ । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्ने छन् । यसमार्फत मोबाइलको टपअप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानीगर्न सकिने छ ।

सेलपे सेलकम प्रालिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक कम्पनी हो । यसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१