मानव (जीव) उत्पत्ति हुादै मानव विकास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७६, सोमबार ०५:४५

मेन्छागेन नाम्य्याप्मीसा पोङ्ेम्मा (साम्जिक मुन्धुम) किरात साम्जिक मुन्धुमको साक्मुरा वादेम्मा मुन्धुमका अनुसार सर्वप्रथम नदीकिनार, पानी वा तलाउको किनारमा मुजी: मुजी: (सूक्ष्म जीव प्राणीको अंश) मसिनो जीवको अस्तित्व आयो । यिनै मुजी: मुजीना जीवको क्रमश: विकास हुादै गएर मुजिना–खेयङ्ना बन्यो । बढ्दै जाने क्रमउपक्रममा कालान्तरमा गएर प्रथम मानव रूप बन्न गयो । मानवरूपी प्रथम जीव अस्तित्व नै मुजिना खेयङ्ना हुन् जसलाई तागेरानिङ्वाभुमाङकै पहिलो अवतार रूप मानिन्छ । समयको गतिसागै स्त्रीरूपी मुजिना–खेयङ्ना बढ्दै जाादा वा शैशवदेखि युवती रूप हुादै यौवनावस्थामा पुग्दा कामदेवले उन्मत्त भएकी मुजिनामा खेयुङ्नामा ‘सुसुवेङ लालावेङ’ केजङ्गेन सरित्माङ मेन्नीमाङ मेन्धामाङ केसिङ्गेन पामाङ केजङ्गेन साम्मित नारा (रूप) बाट गर्भधारण भई युक्पुङ्गेन सावानगेम्वाको जन्म भयो । यिनै सृष्टिमानवका प्रथम पुर्खा हुन् । उनको जन्म योनीमार्गबाट भएको पहिलो मनासमेत उल्लेख छ । साक्मुरा वादेम्मा साम्जिक मुन्धुमको पृष्ठ १००/१०२ मा वर्णित युक्पुङ्गेन सावानगेम्वा नै समग्र मानव जातिका आदिपुरुष अनादि हुन् भन्ने शास्त्रीय मुन्धुम प्रमाण छ । युक्पुङ्गेन सावानगेम्बाको उमेर बढ्दै जाादा तनाशा (गड्यौला), पदकसा (भ्यागुता), हन्देगेक्सा (छेपारो , नालेङ्मासा (भालेमुङ्ग्रो इत्यादिको सिकार गरी आमालाई देखाउादा आमा मुजिना खेयङ्नाले यो खाने चीज होइन भनी थप उपदेश दिइन् । सिकार खेल्ने उमेर बढ्दै गएपछि साक्फारे लि (धनु , येनफारे तोङ (कााड) बनाए । धनुकााडले माखिया र फगिया पु (सेतो र कालो एक जोडी चराको सिकार गरी ल्याउादा आमाले त्यो पनि खान नहुने बताइन् । उनले नाम्याप्मी सा (सूर्यवंशी) हरूले यसरी अन्य जीवको हत्या गर्‍यो भने पाप कर्म हुन्छ भन्ने उपदेश दिइन् । अखाद्य जनावर कुकुरहरूसाग खेल्दै बढ्दै जाादा अन्य जीव सिकार गर्न युक्पुङ्गेनले उनै कुकुरको सहयोग लिएको उल्लेख छ । वनजङ्गल सिकार गर्ने क्रममा सुखेमा–पाङ्खेमा–इखेमा (वनतरुल) खोज्दै खन्दै जाादा सिङ्युक्देन उत्तरी चीन पुग्यो । यसरी उत्तर चीनतिर विचरण गर्दै हिाड्दा थोसुलुङ फियामलुङ्मासाग सम्बन्ध जोड्न पुगे । एक दुई दिन बस्दारहादा थोसुलुङ फियामलुङ्मा गर्भवती भइन् । यिनका कोखबाट थोसुलुङ सुहाम्फेम्वाको जन्म भयो । सुत्केरी थोसुलुङ फियामलुङ्माको सेवासुसार (हेरचाह) गर्ने सुसारिमा राखेकी होरुसासाग पनि सम्बन्ध रहन गई छोरा साङ् दाङखेवाको जन्म भयो । उत्तर दिशामा विचरण गर्दा विवाह गरेकी श्रीमती र छोराहरू लिई सिङ्युक्देन मुजिन्ना खेयङ्नाकहाा पुग्यो । परिवारलाई आमासागै छोडी दक्षिणतिर डुलिहिाड्दा मुसुलुङ मुगुप्लुङ्मासाग सम्बन्ध संसर्ग हुन गई लाहादोङ्ना (स्त्री) को जन्म भयो । सुत्केरी मुसुलुङ मुगुप्लुङको सेवासुसार (हेरचाह) गर्ने फन्दारीमा राखेकीसाग पुन: सन्बन्ध रहन पुग्यो । फन्दारीमाको कोखबाट लिङ्दाङ खेवामाको जन्म भयो । यसरी घुम्दैडुल्दै पुन: युक्पुङ्गेन सावान्गेम्बा सिकारी कुकुरहरूसाग विचरण गर्दै, पक्लुङ हान्दै माथि सिङ्युकदेनमा श्रीमतीहरू कहाा पुग्यो । आफ्नो पतिको यायावर चरित्र एवम् दक्षिण तेमेनमा तेस्रो विवाह गरेको थाहा पाएकीले सिङ्युक्देनले श्रीमतीहरूबाट तिरस्कृत हुनुपर्‍यो । भोक, तिर्खा मेटिएन, मायाममता पाउने कुरै भएन । तब ऊ फेरि दक्षिण तेमेनका पत्नीहरूकहाा घुम्दैफिर्दै पुग्यो । त्यहाा पनि सिङ्युक्देनका श्रीमतीहरूको जस्तै व्यवहार भयो । निरस र हतोत्साहित अवस्थामा भोक, तिर्खा मेट्न घुम्दैफिर्दै रहादा कुनै राक्षसनीले रोपेको याक्खे (पिाडालु खाादा राक्षसनीको श्रापबाट विषमुक्त हुन नसकेका थोक्पुतेम्वेमा युक्पुङ्गेन सावानगेम्वाको थोक्पु तेम्वेमा इहलीला समाप्त हुन गयो भन्ने उल्लेख छ । होरुसापट्टिका (ल्याइते छोरा साङ्दाङखेवा र छोरी लिङ्दाङ खेवामाबीच बुबाको परमधाम हुनासाथ विवाह भयो । यिनीहरूपट्टि जन्मेका सन्तानहरू युगान्तरमा आफूलाई चन्द्रवंशी आर्यन कहलिएर रहे । ब्याइते जेठीपट्टिका थोसुलुङ सुवाम्फेवा र ब्याइते कान्छीपट्टिका लाहादोङ्नाबीच होरुसाहरूले षड्यन्त्र गरी विवाह गरिदिए । यस तर्फबाट जन्मेका सन्तानहरू आफूलाई सावयेत्हाङ सूर्यवंशीका रूपमा परिचित हुादै गए भन्ने साक्मुरा वदेम्मा साम्जिक मुन्धुममा स्पष्ट उल्लेख गरेको पाइन्छ । ३.२. मुन्धुममा मानव सृसृिष्टि र मुन्ुन्धुमुम विज्ञान पृथ्वी सृष्टिको अघिल्लो अध्यायमा माङ, ईश्वर, भगवान्को अपरम्पार गाथालाई प्रस्तुत गर्‍यौं । अब रह्यो मानवजातिको सृष्टि । चइत: मुन्धुममा पृथ्वीको सृष्टिपछि सिर्जनाको आलोकलाई निरन्तरता एवम् सुन्दर बनाउन तागेरा निङ्वाभुमाङले पोरोक्मिवा यम्फामिवा (पोरोक्मी यम्फामी) लाई अह्राई प्रथम मानवपुत्रको सृष्टि गर्नुभयो । माङ्कै इच्छा र चाहनाबमोजिम पूर्व दिशाबाट बोटबिरुवाको बीउविजन सङ्कलन गरी वनजङ्गल, बोटबिरुवाको उत्पत्ति गर्नुभयो, पशुपक्षी, जलचरको सृष्टि गर्नुभयो । सृष्टिको क्रममा उनै तागेरानिङ्वाभुमाङ चिन्तित हुनभयो, सोच्नु मात्र भयो र आदेश भयो ‘पृथ्वी राम्रो सुहाएन है, अझै पृथ्वी राम्रो सुहाएन है’ उनै शक्तिमान माङको कृपाले पोरोक्मी यम्फामिमाले सृष्टिका निम्ति ज्ञानवरदान मागी मानव सृष्टिका काममा लाग्नुभयो । ३.३. मनातेम्ेम्वे र मानव सृृिष्टि (चाम््िजिक मुन्ुन्धुमुमअनुसुसार) किरात वाङ्मयको शशिमुन्धुम, चाम्जिक मुन्धुममा उनै सृष्टिकर्ता तागेरानिङ्वाभुमाङले सारा सृष्टि गर्न सिक्कुम निङ् वा इङ्दत्तु पिरुआङ (ज्ञान, बुद्धि, विवेक दिएर) पोरोक्मी, यम्फामीमा जन्माउनुभयो । चरम शून्यतामा पञ्चतत्त्वहरूको सिर्जना र ती तत्त्वबीचको अन्तर टकरावका कारण हावाहुरी, बतास, आाधीबेहरी, भुमरी पैदा भयो । यिनै भुमरीको केन्द्रस्थल (नाभि) बाट बालकरूपी सेतो धागोको पोयो अद्भुत वस्तु उत्पन्न भयो । यसलाई मुन्धुममा खिजोरा भनिन्छ । बालकजस्तो सानो धागोको पोयो यति चमत्कारी, बेजोड, रूपहीन, अकल्पनीय, अवर्णित र अचम्म भएकै कारण खिजोरालाई मुन्धुममा मेन्जोरा भनेर पनि वर्णन गरिएको छ । माताबेगर जन्मधारण गरेको हुादा माहोप्मीसाग मामाङ्गेन्सा पनि भनिएको छ । यिनै मामाङ्गेन्साको रूप बिस्तारैबिस्तारै मुनातेम्वेको माझमा उज्यालो छाया बढेझैं बढ्दै आएको रूप धारणको अवस्थालाई मुन्धुममा थक्थाम्वुसा भनिएको छ । मेन्छाम् नाम्याप्मी पो:ङ्मा (मनुष्य सृष्टि) को प्रथम प्रयत्नका केही हरफको उद्धरण मेम्मासो सा:धिक् मेन्छिम्ना सा:धिक् मेन्छाम चोगुङ्बे याप्मी चोगुङ्बे पोरो:क्मिबारे यम्भामिबारे साम्म्याङ्वा अम्लेङ, कुबे चोगुरो युप्पावा फरेङ् कुबे चोगुरो मेन्छाम कुबेओ याप्मि कुबेओ साङ्गु के:त्तुरो सक्मा के:त्तुरो फजियङ् चियङ् फसेमी ए:प्तु माक्चियङ चियङ् माक्सेमी ए:प्तु ला: पो:क्खे? हेने? ला: इ:त्ता सा:ने नाम् पो:क्खे ? हेने ? नाम् इ:त्ता सा:ने अजर अमर सन्तति मनुष्यका चोलामा बनाउा पोरोक्मिवा याम्फामिवाले सुनको स्वर्णिम मूर्ति बनाएर चाादीको धवल मूर्ति बनाएर मान्छेको त्यस मूर्तिभित्र श्वासप्रश्वास र प्राण हाले सेतो चमरले हम्के कालो चमरले हम्के चन्द्रमा हुनु चन्द्रमाझैं अटल मेरा सन्तति सूर्य हुनु सूर्यझैं अटल मेरा सन्तति पोरोक्मीवा यम्फामिवाले आफ्नो स्वर्णिम सृष्टिसाग चित्त नबुझेपछि फेरि उनै तागेरानिङ्वाभुमाङको पाउमा बिन्ती गरी सृष्टि अपूरो भयो, अधुरो भयो, आकृति बन्यो तर मानवरूपी सृष्टि बोल्ने भएन नि’ पुन: तागेरानिङ्वाभुमाङबाट निर्देशन भयो, खरमाथि जमेको जल, शीत र वर्षाको पानीसाग डााफे, मुनालको बिस्टा हातैले मुछेर मनुष्यको प्रतिमूर्ति बनाऊ, त्यसमा श्वासप्रश्वास हाल, कालो रिट्ठाको आाखा बनाऊ, लालगेडीको रानी दाना आाखाको नानी लगाऊ, लहराको आन्द्रा तयार पार, दर्सिनढुङ्गाको दाात बनाऊ, पाङ्ग्रा (सिजक्पा) को कान बनाऊ भन्ने आज्ञाबमोजिम पोरोक्मिवा यम्फामिवाले मनुष्य चोला निर्माण गर्नुभयो । हे मनुष्य हो ! भन्दै सोधनी भयो । तब ‘ए हौ,’ भन्दै उत्तर पाए र मानव सृष्टि भयो । तल नवा: चइ:त मुन्धुम र किरात शशिमुन्धुममा वर्णित दुई फरकफरक मुन्धुमका अंशहरू यहाा उल्लेख गरिन्छ । वसा पेगेआङ् थोलाम् पेगेआङ् हुक्ताप्पेमाग पेबङ् यु:रेआङ् थक्पुआङ् हिनु कुबुआङ् हिनु साम्दाङ्बा हिनु लिङ्दाङ्बा हिनु सेनिङ् थो: चुवा:त् सिक्वारे चुवा:त् से:क्तक्सु चुवा:त् पाङ्घेन्दिङ् चुवा:त् हुक्सो स ? रेआङ् ताङे स?रेआङ् मेन्छाम् चइ:त्तिन् नाम्याप्मि च:इत् हुक्सो चोगेना ताङे चोगेना तागेरा इसिक् निङ्वा ? फु इसिक् हुक्सो चोगुसि ताङे चोगुसि झट्ट माथि गएर आजुलीमा बोकी ल्याएर डााफे र मुनाल पन्छीका बिस्टासाग खरमाथि जमेका जल, शीत र वर्षाका पानीमा हातले मुछेर मनुष्यको प्रतिकृति बनाऊ है भगवान्को अर्तीउपदेश अनुरूप उसले त्यसरी नै निर्माण गरे है पोरो:क्मि यम्फामी माङ्ले सिमिक्ला पेमिक्ला खाप्पुन अम्लेङ्गेन् खाम्हिक सुरुआङ् लुङ्दम पक्वारेन पाङ्गे न्दिङ् वाहित् के:तुआङ् हेन् लेक्वा:ल्ले मेन्छाम्गेन् नाम् याप्मि कुबे इत्ला चोगुआङ् याप्मिसाम् थासु पिरुरो ।। पोरोक्मी यम्फामी देवले मालिङ्गो बाास तथा देवनिङालो बाासको खरानी निकाली पहोलो माटोको लेउ मिसाई ढुङ्गाको टोड्कामा भएको आकाशबाट परेको पानी हाली, मुछी हिलो बनाई बरुणीबाट हुने घामजस्तो मान्छेको मूर्तिको नमुना बनाई मान्छेको सातो हालिदियो । ३.४. मानव सृष्टिबारे येहाङ मुन्धुममा वर्णवणर्नन (साम्वा मुन्धुम) तागेरानिङवाफुमाङ नै सृष्टिकर्ता हुन् । इत्छिङमाङ भएकै कारण जे इच्छा हुन्छ त्यो सृष्टि भइहाल्छ । पोरोक्मी यम्फामी उनै सृष्टिकर्तामाङको अनेकौं रूपका एक हुन ।९ मानव सृष्टि रचना गर्ने रचनाकार तागेरानिङवाफुमाङकै प्रतिमूर्ति हुन् भन्ने विश्वास गरिन्छ । अघिल्लो अनुच्छेदमा उल्लेख गरिएझैं पोरोक्मी यम्भामीमाङले साम्याङ र युप्पा (सूर्य र चन्द्र प्रतीकात्मक शब्द) को प्रथम मानव सृष्टि भयो । सृष्टि त त भयो तर पूर्ण मानव भएन नि । टुलुटुलु हेरिरहने, एकपटक भन्दा बढी प्रत्युत्तर दिन नसक्ने, प्राण भएको, श्वासप्रश्वास लिने, मानव चोला त केवल मूर्तिझैं बन्न पुग्यो । पोराक्मी यम्(फामीमाङको चित्त बुझेन, आफ्नो सृष्टि अधुरो भयो, तब उनी क्रोधित भए, क्रोधले भविष्यमा कस्तो प्रतिफल दिनेछ भन्ने चेतना गुम भएको अवस्था सिर्जना भयो । एकजना सर्जक आफ्नो सिर्जनालाई सुन्दर र सफल चाहन्छ । यही आध्यात्मिक चेतनाको एक उन्नत रूप थियो । आफ्नो सृष्टि सफल भएन, सुन्दर मानव सिर्जनाको प्रथम अध्याय अपूरो रह्यो । किञ्चित हुादै पोरोक्मी यम्फामीमाङले आवेशमा आएर मानव प्रतिमूर्तिलाई थुकिदिनुभयो, सराप दिनुभयो, साम्याङ युप्पाको मूर्तिलाई टुक्राटुक्रा बनाई क्षतविक्षत पार्नुभयो तर त्यस क्षतविक्षत मूर्तिको आत्मा त मरेन, नाश भएन नि । स्थूल शरीररूपी मानवको भौतिक अस्तित्व नाश भए पनि त्यो अलौकिक आत्मा बााचिरह्यो किनकि त्यो अलौकिक आत्मा त तागेरानिङ्वाफुमाङ नै हुनुहुन्थ्यो । परन्तु पोरोक्मी यम्फामीमाङको क्रोधले सकल मानव जातिको आत्मामा ठूलो चोट पुग्यो, शिर निहुरियो, शिर हल्लियो । यसैकारण अझै पनि किरात याक्थुङ समुदायमा बर्सेनि घरको मूली व्यक्तिको शिर उठाउने ‘नाहेन’ को प्रचलन जीवितै छ । मनुष्यको सृष्टिविना पृथ्वी सुन्दर हुादैन नि भन्ने सोचले पुन: पोरोक्मी यम्फामीमाङले विचार गर्नुभयो । आफूले मानवमूर्तिलाई गरेको व्यवहारबाट ग्लानि हुादै पुन: तागेरानिङ्वाफुमाङका चरणकमलमा बिन्ती गर्न पुग्नुभयो । आज्ञा भयो ‘तिमीले आफ्नो गल्ती स्विकार्नुपर्छ’ सहर्ष स्विकार्नुभयो पोरोक्मी यम्फामीमाङले । तागेरानिङ्वाफुमाङले मानव सृष्टिको दोस्रो मुन्धुम दिनुभयो । आत्मिक ज्ञान (सिकुमदिन निवा) दिनुभयो । तब त पोरोक्मी यम्फामीमाङको मानसपटलमा मानव सृष्टिको सुस्पष्ट चित्र कोरिन पुग्यो । नाम्याप्मी लायाप्मीसाको मानव सृष्टिको ज्ञान दिनुभयो साथसाथै सूर्यदेव, ग्रह आदिको समाधि ज्ञान प्राप्त गर्नुभयो । ईश्वरका आत्मामा उज्यालोको कल्पना र सृष्टि गर्ने ज्ञान उदाएपछि ङामुकसाम् मुक्कुम (पञ्चमहाभूत तत्त्व) शक्ति चफत मुक्कुम (जल), मुक्कुमसाम मुक्कुम (अग्नि), हिक्के मुक्कुम, (वायु तरक मुक्कुम (आकाश) र इक्सादिन खाम्वेक (पृथ्वी) को सर्वज्ञान पोरोक्मी यम्फामीमाङलाई प्राप्त भयो । येहाङ मुन्धुममा भनिन्छ पोरोक्मी यम्फामीमाङलाई पञ्चमहाभूत तत्त्वहरूको ज्ञान प्राप्ति भइसकेपछि स्वयम् नामधुङदिङ नाम्लाक पोगे, लाधुङ्दिङ लाराक पोगे अर्थात् पोरोक्मी यम्फामीमाङ स्वयम्ले सूर्य र चन्द्रको रूप लिनुभयो र पशुप्राणीहरूभन्दा उच्च, पृथ्वीलोकमा जिउन सक्ने, राज गर्न सक्ने सूर्य चन्द्रको प्रकाशको रूपमा पोरोक्मी यम्फामी स्वयम् पृथ्वीलोकमा आउनुभयो तब अदृश्य रूपमा वायु, पानी र पृथ्वी माङ्धक कुधक थिक्धक भएर एक हुन पुगे । मानव सृष्टिको आरम्भ अब सुरु भयो । पृथ्वी सतहबाट बाफ उत्पन्न हुन पुग्यो । त्यो पृथ्वी सतहमाथि उठेर चलायमान भइरह्यो । मुन्धुममा भनिन्छ मुदापखेदाप ताप्पेनुवये, तरङगित भइरह्यो । न त्यो बाफ तल झथ्र्यो न माथिमाथि उडेर जान सक्थ्यो । तागेरानिङ्वाफुमाङको अनुग्रहले केजङ्दिङ सुरीमाङ र केसिङ्गेन पानुमाङ हावाको रूप लिई उक्त पानीको बाफलाई उठाएर माथिमाथि थेगुमाङ्वा कोहिफाङ्जङ उच्च पहाडी टाकुरामा पुर्‍यायो । मुन्धुमअनुसार त्यस बेलासम्म हिउाको सृष्टि नै भइसकेको थिएन । बाफलाई उच्च पहाडको टाकुराबाट आत्मालोक (साम्युक्नादेन) सम्म सावा येक्रक सावायेकोक्मा (चिसो र उष्ण ताप दिन वायु ले पुर्‍यायो । तब आत्मालोकका असङ्ख्यौं साम्माङहरूले बाफलाई अनुकूल हुने वातावरण मिलाइदिनुभयो जसलाई मुन्धुममा क्याकामफुङ लोसु भनिएको छ । त्यस बाफमा तागेरानिङ्वाफुमाङको ज्योति प्रवेश गर्‍यो । हा हा माङ (हासाउने माङ), हाबेमाङ (रुवाउने माङ), हाप्सुमाङ (मायाप्रेमको माङ) हावेक माङ (लोभलालचको माङ) समेत साम्युक्नादेनमै बाफभित्र प्रवेश गर्‍यो, चेतनाको प्रवेश भयो । रूपहीन उक्त बाफ सबै तत्त्वहरूबाट परिपूर्ण थियो । आकाशलोक पार गर्दै उक्त बाफ अझ माथिमाथि गयो । तागेरानिङ्वाफुमाङको इच्छाअनुसार सो बाफले अझ माथिल्लो लोकमा सूर्य चन्द्रको खोजी गर्दै जाादा नाम्लुङधङ लालुङ्धङसम्म पुग्यो । सूर्यलोकको प्रचण्ड गर्मीले बाफरूपी आत्मालाई तापको अनुभव भयो । सोही तापका कारण त्यहााबाट माथि जान सकेन र अघि आएको उाधोबाट नजर लगायो । यसलाई मुन्धुममा मुजुरी मुगुप हिसिङ भनिएको छ । जुन बाटो दिशाबाट आयो त्यही दिशातिर फक्र्यो अर्थात् पृथ्वीलोकतिर फक्र्यो । पृथ्वीलोकतिर फर्कंदै गर्दा येत्सुरित, फाङसुरित सामले फुक्यो तब बाफ पानीको थोपाको रूपमा परिवर्तन हुन पुग्यो जसलाई मुन्धुममा वाजिरी वाफोक (पानीको फोका) भनिन्छ । पानीको फोका गह्रौं भयो र चााडोचााडो गति लिई पृथ्वीलोकमा थेगुमाङ्वा कोहिफाङ्जुङमा (पूर्वको अग्लो पहाडको टाकुरा) झर्‍यो । यस पृथ्वीको अग्लो ठाउालाई मुन्धुममा सुसुलालादेन, नामफुकु, लाफुकु, पारुङफुकु– लारुङफुकु भनेर समेत चिनिन्छ । अग्लो टाकुरामा अवतरित पानीको फोकालाई साम्माङहरूले संरक्षण दिन थाले । सूर्यले उज्यालो प्रकाश दिन थाल्यो । चन्द्रमाको ज्योति पानीको फोकामा प्रवेश गर्‍यो । तागेरानिङ्वाफुमाङको आत्मारूपी पानीको फोका बिस्तारै (ङेकङेक) चिप्लो बन्दै गयो, फुल्दै सुनिादै (कुङे गयो । रूपविहीन अवस्थामै श्वासप्रश्वास प्रवेश गर्‍यो, चेतना प्रवेश गर्‍यो, आत्मा प्रवेश गर्‍यो र त्यो आत्मा भएको पानीको फोका (वाजिरी वभक) चलायमान हुन थाल्यो (तिकतिक लरे , रक्तकोसिकाका तत्त्वहरू बन्न थाले, चिप्लो पदार्थ मांसपेशीमा परिवर्तन हुन थाल्यो । मुटु बन्यो, रगत बन्यो तब मानवरूपी आकृति निर्माण हुन पुग्यो । आधुनिक विज्ञानका भाषामा गर्भाधान सुरु भयो । पानीका थोपामा शुक्रग्रहको नजर पर्नाले सेमेवा येमेवा (मानिसको वीर्यरूप) तयार भयो । सेमेवा येमेवा बढ्दै गएपछि टाउको बन्यो, शिर (मुजोक्पा) तयार भयो । गर्भाधानको छ महिनापछि हिममाङ (मंगलग्रह) र खवालुक्थाक्पुमाङले हातखुट्टा वीज निर्माण हुादै गयो, पानीको फोका मांसपेशीय पिण्डका रूपमा परिवर्तन हुादै गयो । तीन महिनापछि पयङलुङ (वृहस्पति) माडले नङ, छाला र हाड बन्ने वीजहरूको निर्माण हुन थाल्यो । चार महिनामा थुङ्दाङ्वा (सूर्य माडले हाड, रगत र मांसपेशीको वीज विकास गरी वृद्धि गर्न थाल्यो । पााच महिनामा सिङ्लावा साम्माङ (चन्द्र को प्रभावले छालाको विकास साथसाथै भोकप्यास बढाउने वीज शरीरमा प्रवेश गर्‍यो । छ महिनामा पुङजिरी पुङसाम्माङ (शनी) ले शरीरलाई आवश्यक पर्ने शक्ति प्रवेश गरायो साथै सायामुदेनमाङ (बुध) ले मस्तिष्कको विकास गर्‍यो । मानिसमा सोच्ने, बोल्ने, सुन्ने र देख्ने तत्त्वहरू शरीरमा प्रवेश भए । सात र आठ महिनामा मानिसको पूर्ण रूप बन्यो । नौ महिनामा सिङ्लावा साम्माङ (युमामाङ) ले जीवनलाई प्रत्यक्ष रूपले सीप सिकाउन थाल्यो । यस आलेखमा मानव सृष्टिका दुई दृष्टिकोणलाई संक्षिप्तमा प्रस्तुत गरिएको छ । पाठकवृन्दहरूले यी दृष्टिकोणलाई आधुनिक विज्ञानको कसीले विश्लेषण गरिदिनुहुनेछ । मुन्धुम केवल विवेचनाको ग्रन्थ मात्र होइन, यो विज्ञान नै हो भन्ने हाम्रो ठम्याइ छ । ३.५. मानव सृष्टिबारे वैज्ञानिक मत: वास्तवमा मानव सृष्टिको व्याख्या सरल छैन । मानव सृष्टि कृत्रिम प्रविधिको सम्भावना पनि कम छ । मानिसको कहाा, कहिले र कसरी सृष्टि भयो भन्ने प्रश्न आफैंमा गम्भीर अध्ययन, खोज र अनुसन्धानको विषय हो । आधुनिक विज्ञानको अन्वेषणले मानव सृष्टिको प्रामाणिक वैज्ञानिक मान्यता अघि सारे पनि वर्तमान मानव चेतनामा निर्जीव वस्तुहरू आफंै प्राणीहरू उत्पादन भए भन्ने कउयलतबलभयगक तजभयचथ का पक्षपातीहरू पनि कम छैनन् । नाइल नदीको माटोबाट गोही, गाईको गोबरबाट बिच्छीको उत्पति भयो भन्ने मान्यता मानसपटलमा नउब्जेको पनि होइन, तर त्यो मत लामो समयसम्म टिकेन । अघिल्लो अध्यायमा मुन्धुम विज्ञानअनुसार मानव सृष्टिको सङ्क्षिप्त चर्चा भइसकेको छ । यस शीर्षकमा मानव सृष्टिको सर्वस्वीकार्य आधुनिक वैज्ञानिक मतको सङ्क्षिप्त चर्चा गरिन्छ । यसले आधुनिक मानव जातिको उत्पत्ति र विकासक्रमलाई निश्चित दिशामा डोर्‍याउन मद्दत दिनेछ । जीवशास्त्री, मानवशास्त्री, नृतत्वशास्त्रीको अथक प्रयास एवम् विकासका अनेकौं प्रमाणहरूको अध्ययनले पुष्टि गरेको तथ्य भने वर्तमान संसारमा जेजति जीवजन्तु र तिनका प्रजातिहरू छन् ती सबै एउटै मूलबाट भएका हुन् भन्ने जीव विकासको सिद्धान्त ९यचनबलष्अ भखबगितष्यल० हालसम्मको वैज्ञानिक एवम् स्वीकार्य सिद्धान्त मानिन्छ । शरीर संरचनाको तुलनात्मक अध्ययन, विभिन्न जातिका प्राणीहरूको समानार्थी अङ्गहरूको अध्ययन, अस्तित्वमा रहेका तर प्रयोजनहीन अङ्गहरूको कार्य र त्यसमा आएको परिवर्तन, विभिन्न वर्गका जीवजन्तुमा पाइएका समानता र असमानताहरूको वैज्ञानिक अनुसन्धान र अन्वेषणले जीव विकासको सिद्धान्तलाई अझ बढी प्रमाणित गरेको छ । विभिन्न जलथल र हावामा बस्ने जीवहरूको तुलनात्मक अध्ययन तथा पृथ्वीको गर्भभित्र चट्टानको चेपचापमा चेप्टिएर रहेका अवशेषहरूको अध्ययनले पृथ्वीमा हुनगएको प्राकृतिक परिवर्तन सागसगै जीव विकासमा प्रत्यक्ष असर पारेको तथ्यलाई पुष्टि गर्छ । १९औं शताब्दीको उत्तराद्र्धमा भएको वैज्ञानिक अन्वेषणले त झन् जीव विकासको सिद्धान्तलाई बढी प्रमाणित गर्न पुग्यो । विभिन्न बिरुवा र जनावरका शरीरमा रहेको जीवरस ९उचयतयउबिकm० को अध्ययनमा पाइएको समान जीवरसायन तत्त्वहरू प्रोटिन, कार्बोहाइड्रेट, बोसो, पानी र अन्य खनिज पदार्थले सबै प्राणीको जीवरसको आधारभूत तत्त्वले झन् विकासको सिद्धान्तलाई दह्रो बनाएको छ । रक्तकोषमा रहेको हेमोग्लोबिन मणिभ समान प्रजातिका जनावरहरू समान पाइयो । एकै प्रजातिका जनावरहरू रक्त तचबलकmष्ककष्यल गर्दा रक्तकोष निर्माण हुादै जानुले पनि जीव विकास एउटै मूलबाट भएको तथ्य प्रमाणित हुन्छ । यस सिद्धान्तको जन्म असामान्य प्रयत्न, कठिन परिश्रम र आत्मबलले मात्र सम्भव छ भन्ने कुरामा दुईमत छैन । सर्वप्रथम फ्रेन्च जीवशास्त्री लेमार्कले सन् १८०९ मा जीव विकासबारेमा महान पुस्तक फिलोसफी जुलोजिकमार्फत् सिद्धान्त प्रतिपादन गरे । पुर्खा जीवमा भएको वंशाणुगत गुणहरू सन्ततिहरूमा सर्दै जान्छ तर आवश्यकताअनुसार वातावरणमा आएको परिवर्तनसागसागै लामो समयपछि नयाा गुण विकास हुन्छ । बढी प्रयोग हुने अङ्गको विकास वृद्धि हुने र कम प्रयोग हुने अङ्गहरू विलोप भएर जाने क्रममा नयाा जीवको उत्पत्ति हुन जान्छ भन्ने मान्यता यस सिद्धान्तको रहेको छ ।१० जीव उत्पत्ति र विकासका सन्दर्भमा अंग्रेज विद्वान् चाल्र्स डार्विन (सन् १८०९—१८८२) को योगदान विज्ञानवादको शीर्ष तहमा रहेको छ । समाजमा स्थापित मूल्यमान्यताको विकास, सोच र विश्वलाई २० वर्षको अथक मिहिनेत र प्रयासले असत्य सावित गर्नु चानचुने विषय होइन । संसारको उत्पत्ति ईश्वरको देन हो भन्ने परम्परावादी मान्यताको विपरीत यो जगत् विकासको उपज हो भन्ने अवधारणा उनले प्रस्तुत गरे । पााच वर्ष बेइगल पानीजहाजको कठिन यात्रापछि पत्रेचट्टानमा प्राप्त जीवाश्मको सूक्ष्म अध्ययनले सरल प्रकृतिका बोटबिरुवा र एककोशीय सूक्ष्म जीवहरू चट्टानको तल्लो तहमा भेट्टाइनु, त्योभन्दा माथिल्लो तहमा क्रमश: सामुद्रिक जलचर, थलचर, वायुचर, मेरुदण्ड नभएका र सबैभन्दा माथिल्लो तहमा मेरुदण्ड भएका जीवाश्मा पाइएको तत्त्व फेला पारे । यसरी पाइएका जीवाश्माहरूको तुलनात्मक अध्ययन गर्दा पहिले एक प्रकारको बाादर पाइएको र त्यसपछि मात्र मानिसहरू संसारमा देखिएको कुरा थाहा पाए । वर्तमान कल्पमा पाइने जीव र वनस्पति अघिल्लो कल्पमा नभएको तथ्य अघि सारे । तथापि अध्ययनमा उनले एक कल्पमा पाइएका जीवाश्म र अर्को कल्पमा पाइएका जीवाश्मबीच थुप्रै समानता रहेको तथ्यसमेत पत्ता लगाए । एउटा युगमा धेरै सङ्ख्यामा देखिएका जीवहरू अर्को युगमा पूरै हराएर जाने र थोरै सङ्ख्यामा भएका जीवहरू अर्को युगमा धेरै मात्रामा पाइने तथ्यसमेत अन्वेषण गरे । पहिले उत्पत्ति भएका जीव र पछि उत्पत्ति भएका जीवलाई मिलाएर हेर्दा तिनीहरूबीचमा आकृतिगत समानता र क्रमिक विकास भएको तथ्यसमेत फेला पारे ।११ चाल्र्स डार्विनको जीव विकासबारे सिद्धान्तले प्राणीहरूमा प्रजनन शक्ति प्रचुर मात्रामा हुने, कुनै खास जातिको सङ्ख्या सीमित हुने, प्राणीहरूबीचमा बााच्नका लागि सङ्घर्ष हुने, अपवादबाहेक प्रजातिहरूबीचमा धेरै वंशाणुगत गुणमा समानता भए तापनि असमानताहरू कायम हुादै जानेछन् । प्रकृति सर्वश्रेष्ठ छ, को बााच्ने, को मर्ने भन्ने कुराको निक्र्योल प्रकृतिमै निहित रहन्छ । यसरी जीव विकासको सिद्धान्तमा प्राकृतिक छनोटको सिद्धान्त र योग्यतम प्राणी मात्र बााच्न सक्ने विकासवादी सिद्धान्तका प्रतिपादक डार्विनको वैज्ञानिक मत हालसम्म पनि विश्वप्रसिद्ध छ । हल्यान्ड निवासी ह्युगो डे भेरिज्को उत्परिवर्तनको सिद्धान्त पनि जीव विकासको सिद्धान्तमा एउटा कोसेढुङ्गा सावित भएको छ । जीवहरूमा आएको अचानक परिवर्तनको कारण नयाा प्रजातिको विकास हुने उनको धारणा छ । आजभोलि डार्विन र भेरिज्को जीव विकासको सिद्धान्तलाई संयोजन गरिएको आधुनिक संश्लेषित सिद्धान्त बढी स्वीकार्य हुादै गएको छ । वंशाणुगत विविधतमा आउने परिवर्तनकै कारण नयाा जातिको उत्पति हुने मान्यता रहेको छ । उपरोक्त जीव सृष्टिका दुई अवधारणालाई तुलनात्मक अध्ययन र विश्लेषण गर्दा जीव सृष्टि पानीबाटै सुरु भएको निक्र्योल निस्कन्छ । कालखण्डमा पृथ्वीको सतहमा आएको प्राकृतिक परिवर्तनले एककोषीय अमिबाजस्ता सूक्ष्म जीव मानवको आदिम पुर्खा हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । येहाङ मुन्धुममा वर्णित पानीको बाफ थोपामा परिणत हुनु, त्यसको वृद्धि, विकास र जीवन उनै उच्च हिमाली टाकुरा सुसुवादेनमै भएको भन्ने पौराणिक मिथक अति वैज्ञानिक छ । अत: किरात येहाङ मुन्धुम ज्ञानको स्रोत हो, विज्ञानको भण्डारण हो, मानव जाति विकासक्रमको पौराणिक र ऐतिहासिक काल क्रममा किरात जाति, सभ्यता अरू सभ्यताभन्दा प्राचीन छ भन्ने कुरामा दम छ र ठोकुवा गर्न सकिन्छ । विकासवादी अवधारणा हालसम्म स्वीकृत अवधारणा मानिन्छ । नृतत्ववेत्ता, भूगर्भवेत्ता र मानवशास्त्रीहरूको पृथक चट्टानहरूमा प्राप्त अवशेषहरूको अध्ययन र विश्लेषणले जीवहरूको सृष्टि सर्वप्रथम ५८२ देखि ६०० करोड वर्षपहिले पानीमा एककोषीय अमिबारूपी जीवबाट नै जीवनको प्रारम्भ भएको विश्वास गरिन्छ । प्राणी जगत्मा हुने प्रजनन क्षमतासागसागै वातावरणीय परिवर्तनका कारण जीव विकास र परिवर्तन नियमित रहन पुग्यो । जीवको उत्पत्ति र विकाससागसागै पूर्ण विनाश र समाप्ति पनि हुन पुग्यो । जीव शरीरमा रहेका रासायनिक तत्त्वहरूको क्रिया र प्रतिक्रियाको परिणामस्वरूप नवजीवको उत्पत्ति पनि महत्त्वपूर्ण रह्यो । पृथ्वी लाखौं प्राणीहरूको बासस्थान रहेको अनुमान गरिन्छ । अध्ययन अन्वेषणले दिनप्रतिदिन प्राणीको विलोप र नवजातिको उत्पत्ति भइरहेको तथ्य भेटाइन्छ । पूराजीवक उपकल्पको प्रथम खण्डमा मेरुदण्डविहीन एककोषीय जीवदेखि पानीमा बस्ने मत्स्यवर्ग, हरियो रङका पानीमा पाइने वनस्पति हुादै लगभग २४ लाख वर्ष पूर्वअस्तित्वमा आइसकेको प्रमाण अवशेषको अध्ययनले पुष्टि गर्दछ । मध्यजीवी उपकल्पको द्वितीय खण्ड (२४ मिलियनदेखि ६५ मिलियन वर्षसम्म) सरिसृप जातिका प्राणीहरू विकास, उन्नतिका अवशेष पाइएको छ । त्यसरी नै यसै उपकल्पको तृतीय खण्डमा मात्र स्तनपायी जीवको अस्तित्व पाइएको पूरातत्त्वशास्त्रीहरूको विश्वास रहेको छ । प्रातिनुतनाश्य युगको तीन खण्ड (५०–४० लाख वर्ष भित्र विकसित स्तनपायी जीवहरू विकसित हुादै मानव युग प्रारम्भ भएको विश्वास गरिन्छ । सम्भवत: यो युग हिमकल्प वा हिमयुगको सिद्धान्तको युगसमेत मानिन्छ । यसै युगमा प्राइमेट्स ९एचष्mबतभक० प्रथम होमिनिड्स ९ाष्चकत ज्यmष्लष्मक० ९एष्तजभ(अगक० पिथेकस प्राणीहरूको विकास हुन पुगेको नृतत्ववेत्ताहरू विश्वास गर्दछन् । प्राइमेट्स ९एचष्mबतभक० प्रातिनुतनाश्य युग ९ऋबmदचष्बल एभचष्यम० आरम्भ समयपछि (लगभग ५०–४० लाख वर्ष बीचमा मानवस्वरूपको रूखमा बस्न रुचाउने पछिल्ला खुट्टाहरूका पञ्जाहरूले समात्न सक्ने, अघिल्ला खुट्टाहरू कमजोर एवम् तान्न र ठेल्न, उभिन सक्ने कााधको हाडको विकास ९ऋबिखष्अभि दयलभ०, आवश्यकता अनुरूप चपाउन सक्ने दाात, बङ्गरा तथा आंशिक रूपमा खप्परका केही भागहरू ९एबचत या क्पगिि० को पनि विकास भएको देखिन्छ । यिनीहरूको अवस्थामा पाखुरालाई आधुनिक मान्छे जस्तै तलमाथि, अघिपछि चारैतिर चलाउन मिल्ने किसिमले विकास भएको पाइन्छ । यिनीहरूले सामान्यतया सबै किसिमका खानाहरू, मसिना किराफट्याङ्ग्रा, मसिना जनावर, फलफूल तथा रूखका जराहरू खाने गर्दथे । होेिमिनोइेइड्स्स ९ज्यmष्लयष्मक०स् मानवजस्ता प्राणी होमिनोइड्स प्राइमेट्सको विकिसत रूप मानिन्छ । तार्किक चेतना र चिन्तनको विकासका कारण ऊ अझ विकसित र उन्नत बन्दै गएको पाइन्छ । प्रातिनुतनाश्य युगको अतिनुतनाश्य युगमा हिमालय खण्डवत वा सिवालिक क्षेत्रमा होमिनिड्सको प्रथम अस्तित्व देखिन्छ । मुख्यत: दाात र बङ्गाराहरू बााकी रहेका अवशेषको वैज्ञानिक अध्ययनले प्राइमेट्सहरू होमिनिड्समा वंशाणु पृथकीकरण ९न्भलभतष्अ मचषत० जनसांख्यिक सम्मिश्रण ९ज्थदचष्मष्शबतष्यल०, परिवर्तन ९:गतबतष्यल०, उत्परिवर्तन ९ख्बचष्बतष्यल० र प्राकृतिक छनोटको ९ल्बतगचब िक्भभिअतष्यल० आधारमा परिवर्तित हुने कार्य पाइन्छ ।१२ नवजीविक उपकल्पको उषाष्म युगमा प्राइमेट्सको बाहुल्य रहन पुग्यो । यी जीवहरू अमेरिका, युरोप र एसिया वर्तमान महादीपहरूमा फैलिन पुगेको अनुमान गरिन्छ । दिमागको आकार ठूलो हुनु, आाखाका गोलाकार बढ्दै जानु मस्तिष्क र शुषुम्ना जोड्ने हाड ायचmबल ज्बनलगm को विकासक्रमले उनीहरूको जीवनशैली ठाडो हिाड्नु, दुवै खुट्टाले उफ्रनु ९ज्यउउष्लन० र बस्न गुणहरू देखिादै विकास भएको पाइन्छ ।१३ आदिनुतनाश्य ९इष्नियअभलभ० युगमा गएर बानर जाति र उच्च प्राइमेट्स जातिको उत्पत्ति भएको विद्वान्हरूको विश्वास छ भने अर्कोतर्फ इजिप्टको फायन ९ाबथबल० क्षेत्रमा प्राप्त अपूर्ण तल्ला बङ्गाराहरूको अवशेष गिब्बनजस्ता जीव उत्पत्तिको सङ्केत गर्दछ । यसले के पुष्टि गर्दछ भने आदिनुतनाश्म युगमा प्राप्त जीवहरूको अवशेष तुलनात्मक रूपले होमोनिड्स जातिसाग मिल्न आउाछ । यस युग (एक करोड ४० लाख) बीचमा आदिम मानव युगको थालनी भएकाले यस युगलाई मानव युग पनि भनिन्छ । अतिनुतनाश्य युगको चतुर्थ खण्डपछि ५०–४० लाखबीचमा मानव पुर्खाहरूको विकास क्रमले फड्को मारेको देखिन्छ । प्रातिनुतनाश्य ९ऋबmदचष्बल० युगको सुरुवातसम्म पनि अवशेषहरूको अध्ययनबाट आआफ्नो किसिमका जीवजन्तु र प्राणीहरू पाइन्थ्यो । पुरातत्त्वशास्त्रीहरूको मतअनुसार यसै कालखण्डमा हिमकल्पमा ठूलो परिवर्तन देखियो । एकैसाथ यस्ता परिवर्तनहरू भए । फलस्वरूप आआफ्नै प्रकृति र स्वरूपका प्राणीहरूमा पनि परिवर्तन अवश्यम्भावी बन्न पुग्यो । यस युगमा विकसित हुन पुगेको होमिनिड्स प्राणीहरूको छोटो परिचय तल चर्चा गर्न सान्दर्भिक देखिन्छ । मानवगुण ९एचष्mबतभक० मध्ये मानवको पुख्र्यौलीका दृष्टिले महत्त्वपूर्ण मानिएका नरबाादर र उत्थित एवम् आधुनिक मानवहरूको चर्चा तल गरिन्छ । प्राक्चेल्डियन र चेल्डियन मानव : प्रातिनुतनाश्य ९एष्यिअभलभ० लगभग पचास लाखदेखि चालीस लाख वर्षमा आएर समाप्त भएको अनुमान गरिन्छ । यो कालखण्ड आदिम मानवले थुप्रै प्रगति गरेको देखिन्छ । त्यसपछिको पूरा पाषणकालमा आएर पेरिस नजिकको चेलेस भन्ने ठाउामा पाइएको अवशेष र डिपोजिटहरूका आधारमा विद्वान्हरूले स्थानविशेष प्राक्चेल्डियन र चेल्डियन मानव नामकरण गरियो ।१४ सम्भवत: यो समय पााच लाख ४० हजार वर्ष पूर्वदेखि चार लाख ८० हजार बस्दैचल्दै आएको थियो । नृतत्ववेत्ताहरूका अनुसार यी मानवपुर्खा भद्दा र ढुङ्गाका धार भएका हतियार वा औजारहरू प्रयोग गर्दथे । ढुङ्गाबाट बनेको हातेबन्चरो प्रयोग गर्दथे । जङ्गलमा विचरण गर्दै जीवनयापन गर्दथे । विकासवादी सिद्धान्तका प्रवर्तक डार्विनका अनुसार पशुका छालाद्वारा मानव तन ढाकिन्थ्यो । प्राय: नदीकिनार र उपत्यका छेउछाउ बसोबास गर्ने यी मानवपुर्खा द्वितीय हिमकल्प युगमा पुगेर पूर्ण रूपले लोप हुन पुगे । रामापिथेकस : मध्यानुतनाश्य ९:ष्यअभलभ० काल (तीन करोड पचास वर्षको अन्त्य) बाादरभन्दा विकसित होमिनिड् ९ज्यmष्लष्म० मानव पुर्खा१५ परिवारको विकास भएको देखिन्छ । अंग्रेज पुरातत्त्वविद् लुइस् लिके ९ीयगष्क ीभबपभथ० ले सन् १९६० मा अफ्रिकी महादेशको केन्यामा फेला पारेको माथिल्लोपट्टिको बङ्गाराको हड्डी ९व्बध० सिवालिक क्षेत्रमा पाइएको दाातको हाडसाग मिल्दोजुल्दो थियो । यस प्राणीको अवशेषबाट यसका कुकुरदाात ९ऋबललष्लभ त्भभतज० साना केही थेप्चा बङ्गारा पाइए । यस वर्गको समयदेखि स्पष्टत: बाादर र भावी मानव एकअर्काबाट पृथक भएको विश्वासकै कारण यसलाई मानव पुर्खा ठानियो । चौपाया स्थितिबाट दोपायामा परिवर्तन हुन नसकेको सानो कदको यस वर्गको अवशेष अफ्रिका र एसिया आदिनुतनश्य ९इष्निभलअभ० युगमा फैलिएको अनुमान गरिन्छ । अस्ट्रालोपिथेकस ९ब्गकतचबयिउष्तजभअगक० लगभग ५० लाख वर्षपूर्व मुख र दाातको भाग मानव आकार वयस्क अवस्थामा करिब ४ फिट अग्लो, खोपडी (४५०–६०० व.से.मि.) भएको सोझो उभिन सक्ने, खुला घाासेमैदानमा बस्न रुचाउने प्राणी मानव पुर्खाको समूह नै अस्ट्रालोपिथेकस मानिन्छ ।१६ सन् १९२४ मा अस्ट्रेलियन नागरिक (शरीर रचनाविद् रेमन्ड डार्टले प्राप्त गरेको ६ वर्षे बालक त्बलनक (टााग्स) को खोपडी अवशेष र सन् १९३० का दशकमा रोवर्ट क्रुमले प्राप्त गरेको बाादरको अवशेष एवम् सन् १९५९ मा पुरातत्त्वविद् लुइस् लिके र उनकी श्रीमतीको समूहले तान्जानियाको ओल्डुभाइ खोाचमा प्राप्त गरेका मानव खोपडीको अध्ययनले अफ्रिकाको विविध स्थानमा पाइएका अवशेषहरूको निकट शारीरिक सम्बन्ध भएको पाइयो । शारीरिक रचनाको तुलनात्मक अध्ययनले यो वर्ग आधुनिकता उन्मुख देखियो । सानो दुधेदाात, चेप्टा र बाक्लो इनामेल भएका बङ्गारा र एबचबदयष्अि दाातको आर्कको प्रमाणका आधारमा प्रथम नर बानर भनेर अस्ट्रालोपिथेकसलाई मानिन्छ । तिनीहरू मूलत: दुई प्रशाखामा विभाजित छन् । तीमध्ये अस्ट्रालोपिथेकस अफ्रिकानसलाई आधुनिक मानव पुर्खा मानेका छन् । होमो इरेक्टस (पिथिकान्थ्रा्रोपेपस) : करिब ५ लाख वर्ष पहिले इन्डोनेसियाको जाभा र चीनको पेकिङ नजिकै फेला परेका अवशेषले अफ्रिकी नरबानरको विकसित अवस्था जनाउाथ्यो । दोपायामा विकसित सोझो उभिएर हिाड्न सक्ने सिकारी जीवन निर्वाह गर्ने चारित्रिक गुण भएका मानव पुर्खाहरू यस वर्गमा पर्दछन् । एष्तजभअबलतजचयउगक भ्चभअतगक (जाभा मानव) सन् १८९१ मा डच सार्जन्ट ड्युब्वाा ९भ्गनभलभ म्गदयष्क० ले जाभा प्रायद्वीपमा प्राप्त अवशेषका आधारमा सोझो हिाड्न सक्ने प्राणीका रूपमा प्रभाव पेश गरे र त्यसको नाम एष्तजभअबलतजचयउगक भ्चभअतगक राखे । मध्यप्रातिनुतनाश्य ९ऋबmदचष्बल० पााचदेखि तीन लाख वर्षसम्म एसियामा विचरण गर्ने यो मानव प्रस्तरको औजार बनाउाथ्यो, सिकार गर्दथ्यो र आगोको पनि प्रयोग गथ्र्यो । सोझो भएर हिाड्ने, हात शक्तिशाली, बलिया र दिमागी क्षमता लगभग ९०० वर्ग सि.सि. भएबाट यो नरबानरभन्दा धेरै विकसित थियो भन्न सकिन्छ । जाभा मानवले अफ्रिकी महाद्वीप छाडेर वातावरण विविध चक्रको सामना गर्नुपर्‍यो । जाभाको त्रिनाल क्षेत्रमा सन् १८९१ मा पाइएको मानव दिमागको माथिल्लो भाग बंगाराको २ वटा दाात र तिघ्राको हाक र दिमाग क्षमता ११००– १२०० वर्ग से.मि. पाइएको छ ।१७ यसको उचाइ आधुनिक मानवको झैं लगभग पााच फुट थियो । जाभा मानवका बारेमा क्ष्च ऋजबचतियल ज्भकतयच को भनाइ यसप्रकार रहेको छ– जाभा मानवलाई ब्उभ र :बल बीचको मध्यरूपको मानव पुर्खा भनेर बुझ्न सकिन्छ । ज्यmय भ्चभअतगक एभपष्लभलकष्क (पेकिङ मानव) नृतत्वविद्हरूले पेकिङ मानवलाई एसियाकै जेठो मानवको रूपमा मानेका छन् । एसियामा पाइएका मानव अवशेषहरूमध्ये चीनको पेकिङ नजिक झुकोतियन ९श्जयगपयगमष्बभल० क्षेत्रको चुनढुङ्गे ओडारमा प्राप्त मानव खोपडीको पूर्ण भाग ४० जना पुरुष, महिला र वालक अस्थिपञ्जर एवम् अन्य प्रस्तर, औजार खरानीको अवशेषहरूले यी मानव ९ज्यmय भचभअतगक० नै हो भन्ने पुष्टि भयो नै । उक्त अवशेष पााच लाख र तीन लाख पुरानो ठानिएको छ । त्यहाा पाइएका मानव मस्तिष्कहरूको आकारप्रकार ९१५ सि.सि., १०३० सि.सि., १२२५ सि.सि. (पुरुष) १०१५ सि.सि. (महिला) र १०३० सि.सि. केटाको पाइयो । अफ्रिकामा पाइएका होमो हिविलस ९ज्यmय ज्ष्दष्गिक० र जाभा मानव ९व्बखब :बल० भन्दा दिमागी क्षमताले (११००–१२०० सि.सि.) आधुनिक मानव समकक्षी पाइनुले सामाजिक जीवनशैली प्रहण गरिसककेको प्राक्इतिहासविद्हरू विश्वास गर्दछन् । मृगजस्तो छिटो दगुर्ने जनावरको सिकार गरी जीविकोपार्जन गर्ने सङ्गठित सिकारी जीवन, लिङ्गका आधारमा कार्यविभाजन, खाद्यवस्तुमा हिस्सेदारी गर्ने परम्परा, आगोको प्रयोग र संरक्षण गर्ने ज्ञान, उत्कृष्ट प्रस्तर औजार निर्माणकला आदि विशेषताले युक्त थिए । आफ्नै भाषा प्रयोग गर्थे युरोप र एसियाका विभिन्न स्थानमा बस्थे । सन् १९६५ मा चीनको ीबलतष्बल मा प्राप्त अवशेषहरुको अध्ययन पछि त्यसलाई ीबलतष्बल मानव नामाकरण गरियो । जो पछि गएर पेकिङ मानव भनियो ।१८ अमेरिकन भूगर्भवेत्ता विलियम ग्रावाउ ९ध्ष्ििष्बm न्चबदबग० ले उक्त क्षेत्रमा पाइएका माथिल्ला बङ्गाराको सूक्ष्म अध्ययनपछि एभपष्लन mबल नामकरण गरे । मानवशास्त्रीहरूले यसलाई अहिले ज्यmय(भचभअतगक उभपष्लभलकष्क भनेर नामकरण गरेका छन् । गुफामा बस्ने औजार निर्माणक, आगोको प्रयोगकर्ता, संग्रहकर्ता र सिकारी विशेषताले उनीहरू बदलिादो वातावरणमा परिवर्तित हुन सक्ने क्षमता राख्दथे । पेकिङ मानवको आकृति आजको मङ्गोल जातिसाग मिल्ने हुादा यसलाई मङ्गोल जातिको पुर्खा हो भन्ने अनुमान गरिन्छ । काठ, ढुङ्गा र जङ्गली जनावरका हाडहरूको हतियार प्रयोग गर्ने हुादा वर्तमान आदिवासीहरूको प्रकृतिसाग मिल्दोजुल्दो हुनु आश्चर्यको विषय हुन सक्दैन । विद्वान् फ्रेन्ज विन्डरनिकका अनुसार चिनियाा मूलका जातिहरूको आदिम पुर्खा पेकिङ मानव भएको उल्लेख छ र यो आधुनिक मानवको पुर्खा मानिन्छ । निअन्डरथल मानव ९ल्भबलमबचतजबकि mबल० युरोप र मध्यपूर्व एसियाका विभिन्न भागमा पाइएका अवशेषहरूबाट मेधावी मानव निअन्डरथलका प्रमाणहरू जर्मनीको निअन्डरथल नजिकको गुफामा र फ्रान्सको मुस्तेरया पाइएका मानव अस्थिपञ्जरलाई निअन्डरथल नामकरण गरियो । नुतत्वशास्त्रीहरूका अनुसार मुस्तेर मानव ८०,००० इ.सं. पूर्वसम्म कायम थियो भनेका छन् भने कसैले इसापूर्वको एक लाखदेखि पच्चीस हजार पूर्वसम्म थियो भनेका छन् ।१९ गुफामा बस्ने, मृत शरीरलाई जमिनमा गाड्ने र छोटा कदका हुन्थे । यिनीहरू पुरुषहरू ५ फिट चार इन्च र स्त्रीहरू ४ फिट १० इन्चसम्मका हुन्थे । खप्परको आकार ठूलो हुन्थ्यो । ससानो झुन्ड वा समूहमा बस्दथे । हतियार बोक्थे, जनावरको छालाको लुगा लगाउाथे, विचार आदानप्रदान गर्न सक्थे, प्राचीन किसिमको सामाजिक, धार्मिक र सांस्कृतिक जीवनयापन गर्थे । आधुनिक मानवसाग थुप्रै समानता थियो । १० वर्षको उमेरमै लगभग शारीरिक विकास पूर्ण हुन्थ्यो । मिनङ् पर्भिसका अनुसार वर्तमान आधुनिक मानवजस्तै थियो । समान व्यावहारिक गुणहरू थिए तर वंशाणुगत गुणहरूको पृथकताले सामान्य फरक थियो । क्रो–मोग्नन मानव करिब ३४ हजार वर्षपूर्व निअन्डरथल मानव विकसित भएर क्रो–मोग्नन मानवको अस्तित्व आयो । शरीर विज्ञान र दिमागी क्षमता अति विकास र तीक्ष्ण प्रवृत्तिको थियो । प्रातिनुतनाश्य ९ऋबmदचष्बल० युगको अन्त्यसागै यी प्राचीन आधुनिक मावनको विकासले आधुनिक मानवको विकास हुन पुग्यो । प्रस्तरका विभिन्न हतियार निर्माण र प्रयोग गर्ने, गुफाहरूमा चित्र कोर्ने, ठाडो भएर हिाड्ने, निधारको भाग उच्च र लाम्चो मेरुदण्डीय बनावट, मृत शरीरलाई गाड्ने, संस्कृतिको ज्ञान भएका, रोगका बारेमा ज्ञान भएका विशेषता भएका प्राचीन आधुनिक मानव नै क्रो–माग्नन हुन् । शरीर विज्ञानअनुसार २ लाखदेखि १ लाख वर्षबीच आधुनिक मावन पूर्वी अफ्रिकामा विकास भयो । अफ्रिकादेखि ६० हजार वर्षपूर्व अरबियन प्रायद्वीप हुादै युरेसियामा विस्तार भएको देखिन्छ ।२० यीमध्ये एक समूह भारतीय द्वीपको किनार र अर्को समूह मध्यएसियामा सर्दै गएको देखिन्छ । यसरी मध्यपूर्व एसियातर्फ विचरण गर्ने समूह मङ्गोल वंश हुन् भन्ने समाजशास्त्रीय मत रहेको छ । यस समूहका मानिसको शारीरिक बनोट आधुनिक मानव सरह नै थियो । उसको शिरोभाग थेप्चो नभई गोलाकार ९इचअजबचम० भएबाट उसको दिमागी क्षमता निकै बढी थियो । ऊ एकदम सिधा कतै नझुकी उभिन्थ्यो र हिाड्थ्यो । उसको सिकार खेल्ने प्रविधि निकै विकसित थियो । समाज सङ्गठित हुादै गएको थियो । ३.६. आधुनिक मानव नवजीवक उपकल्पको चतुर्थ खण्ड दस हजार वर्षपूर्व प्राचीन आधुनिक मानव निअन्डरथल मानव पूर्वआधुनिक मानवमा विकास भएको मानिन्छ । दक्षिणी नरबाादर पूर्वमा जाभा पेकिङ हुादै पश्चिम हाइडेलवर्ग एवम् दक्षिणमा तान्जानिया, अल्जेरिया आदि स्थानमा फैलिएको मानवपुर्खा लामो अन्तरालपछि आधुनिक र विचारशील मानव पश्चिममा देखा पर्‍यो । आधुनिक मानव विकासबारे युरोपमा अन्तिम हिमकल्पकै समय निअन्डरथल मानव अन्त भएको हुनुपर्छ भन्ने मत पाइन्छ तर यो मत त्यति स्वीकार्य भने देखिन्न किनकि विश्वका विभिन्न भागहरूमा विस्तार भइसकेका मानवहरू परिवर्तित वातावरण अनुकूल आफ्नो शारीरिक संरचनाहरू परिवर्तन गर्दै आधुनिक मानवमा रूपान्तरित भए भन्ने मानवशास्त्रीहरूको तर्क प्रभावकारी देखिन्छ । नवपाषण युगपछि मानव जातिले चााडै प्रगति गर्‍यो र मानव जातिका भेदहरू छुट्टिने प्रक्रियाको थालनी भयो भन्ने विश्वास गरिन्छ । ३.७. जाति विकास र यसको भेदेद: माथि विविध नामले परिचित मानवपुर्खाहरूको विस्तृत उल्लेख गरियो । आधुनिक मानव जातिका पर्खाहरू विविध भौगोलिक क्षेत्रमा पृथकपृथक परिवेश र वातावरणमा विविधखाले मानव गुणहरू विकसित हुादै नयाा शाखाहरूको निर्माण र विस्तार भएको हुनुपर्दछ । वातावरणको प्रभाव र जीवनशैलीले छालाको रङ, कपालको बनावट, नाकको स्वरूप र बनावट, उचाइ, आाखाको गहिराइ आदिमा पृथक विशेषताहरूको विकासको परिणामत: जातिको सुरुवात भएको ठानिन्छ । यस जाति भेदलाई वृक्षरेखका रूपमा तल दिइएको छ । ३.८. मानव जातिको उत्पत्ति कहाा भयो ? पृथ्वीको सृष्टिपछि कालखण्डमा प्राक्मानवको उत्पत्ति कहाा भयो भन्ने विषयमा अझैं मतैक्य हुन सकेको छैन । विगत विश्व मानचित्रलाई परिवर्तित महादेशीय स्वरूपमा विश्लेषण गर्दा पाठकहरू अस्पष्ट हुने परिस्थिति सिर्जना हुनु स्वाभाविक नै हो । भूगोलविद्का अनुसार करोड वर्षअघि एसिया महाद्वीप र अफ्रिका जोडिएर रहेको थियो । कालखण्डमा पृथ्वीको भूखण्डमा आएको उथलपुथलका क्रममा भारतीय प्रायद्वीप उत्तरतिर सरेको, टेथिस ९त्भतजथक० महासागर लुप्त भएको, हिमालय शृङ्खला पर्वत र महाभारतको जन्म भएको, अथाह जलसागर लुकेका कारण एसिया र अफ्रिकी महादेश छुट्टिएको विश्वास गरिन्छ । मध्यजीवक उपकल्पको द्वितीय खण्ड वरिपरि लगभग एउटै मात्र महादेश र महासागर थियो । पछि १५ करोड वर्षअघि (बीचमा) महादेश विखण्डित भई सात महादेश बन्न पुग्यो । यस भौगर्भिक परिवर्तनले प्राक्मानव उत्पत्तिको मतैक्यतालाई बल पुर्‍याउादछ । यसको मतलव विद्वान्हरूको धरतीमा पहिलो मानवको जन्म अफ्रिकामै भयो भन्ने सिद्धान्तमा पुन: सोच्न बाध्य पार्‍यो । हालसम्म प्राप्त अश्मीभूत अस्थिअवशेष मस्तिष्क टााग्स (सन् १९२४) प्रथम अफ्रिकामै अन्वेषण भएबाट यो सिद्धान्त अग्रणी रहेको कुरामा दुईमत छैन । अर्को मतानुसार सिवालिक क्षेत्रमा पाइएको पिथेन्रेन्थ्रोपस (जाभा मानव) र सिनेन्थ्रोपस (पेकिङ) प्राक्मानवको अस्थिअवशेषले जीव उत्पत्ति एसियामा भएको तथ्य पनि अप्रामाणिक भन्न मिल्दैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१