रोनाल्डोको दुई गोलसँगै युभेन्ट्स शीर्ष स्थानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७६, सोमबार ०५:३४

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले नवौं र ३७ औं मिनेटमा दुई गोल गरे । लियोनार्दो बुनिचीले ४५औं मिनेटमा एक गोल गरेका थिए ।

उडिनेसेका इग्नासिया पुसेट्टोले खेलको अन्तिममा सान्त्वना गोल फर्काएका थिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको युभेन्ट्सले १६ खेलमा ३९ अंक बनाएको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३८ अंक छ । युभेन्ट्ससँग पराजित उडिनेस १५ अंकसहित १६औं स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१