यस्ता लक्षण देखिए लागेको हुन सक्छ मिर्गौला रोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७६, सोमबार ०५:००

मिर्गौलाको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फोहरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो ।

मिर्गौलाका अरु कामहरु रक्तचाप नियमन गर्नु, सोडियम, पोटासियम जस्ता लवणलाई सन्तुलनमा राख्नु, भिटामिन डि र रातो रक्त कोषिका बनाउन मद्दत गर्नु हो ।

मिर्गौलामा कुनै किसिमको रोग तथा संक्रमण भएमा मिर्गौलाले यी कामहरु राम्रोसँग गर्न सकदैन र मिर्गौला पूर्ण रुपमा विग्रिन सक्छ ।

मिर्गौला सम्बन्धि रोग लाग्ने कारण

मिर्गौला सम्बन्धि रोग लाग्ने कारणमा संक्रमण, पत्थर, प्रोस्टेटको रोग,मधुमेह, उच्च रक्तचाप, औषधिहरुको अनुचित प्रयोग, जन्मजात रोगहरु प्रमुख कारण रहने गरेको छ ।

मिर्गौला सम्बन्धि रोगको लक्षण

–वाक वाक लाग्नु,

–पिसाब धेरै हुन वा धेरै कम हुनु,

–पिसाबमा फिज हुनु,

–सधै थकाई लागि रहनु,

–खान मन नलाग्नु,

– पिसाबमा रगत देखिनु,

–छाला सुख्खा हुनु वा चिलाउनु,

– मासु बाउँडिनु,

–निद्रा नलाग्नु ।

माथिका लक्षणहरु छ भने तपाईमा मिर्गौला सम्बन्धी रोग हुनसक्छ । त्यसैले यस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्यसंस्थामा गइ मिर्गौला परीक्षण गर्नुपर्छ ।

मिर्गौला सम्बन्धि रोगबाट कसरी बच्ने ?

–स्वस्थ, ताजा र पौष्टिक खाना मिलाएर दैनिक खाने,

–प्रति व्यक्ति दैनिक ५ ग्राम भन्दा कम नुन खाने,

–पानी प्रसस्त पीउने,

– धुम्रपान र मदिरा सेवन नगर्ने,

– दैनिक कम्तिमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्ने,

–चिकित्सकको सिफारिस विना कुनै पनि औषधि सेवन नगर्ने,

–नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१