चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७६, सोमबार ०४:५५

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको आइतबार राति करीब १०:१५ बजे हृदयाघातका कारण निधन भएको हो ।

अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ ।

५१ वर्षीय भट्टराईले कैयन् चलचित्र निर्माण गरेका थिए । पछिल्लो समय उनले ‘यात्रा’ नामक फिल्म निर्माण गरेका थिए ।

चलचित्रहरु र टेलिसिरियलहरुमा अभिनय गरेका केशवले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका थिए ।

उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनको शवलाई सोमवार पोस्ट्मार्टम गरिने जनाइएको छ ।

भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१