राज्यको कर नीति उद्योगी व्यवसायीको हितमा छैन :अरुण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७६, आईतवार १३:५३

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण राज सुमार्गी पराजुलीले राज्यले ल्याएको कर नीति उद्योगी व्यवसायीको हितमा नभएको बताएका छन्। आज धादिंग उद्योग बाणिज्य संघको २६ औ साधारण सभालाई सम्बोधन गर्दै सुमार्गीले यस्तो बताएका हुन्।धादिङ्गसंग आफ्नो आत्मिय सम्बन्ध रहेको र यहाँबाट नै आफ्नो उद्योग बाणिज्य संघको केन्द्रिय राजनीति समेत सुरु भएकोले यहाँ हुने सबै कार्यक्रममा आफ्नो अनिवार्य उपस्थिति रहने बताए। उनले तिन तहको सरकार बनेपछि गाउँ तथा नगरका समस्याहरुमा झन् अन्यौलता बढेको बताउदै जिल्ला स्तरमा व्यवसायी र सरकारको बीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिए । जिल्लाहरुमा हुने व्यवसायिक मेला र महोत्सबहरु व्यवसायिक क्षेत्रबाट नै संचालन हुनु पर्ने र यसलाई राज्यले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा नीति अस्पष्ट रहेकोले यसले मजदुर सम्म खुशी हुन् नसकेकोमा दु स्ख मनाउ गर्दै जिल्ला नगर उद्योग बाणिज्य संघमा सफल र सबल नेतृत्व आवश्यक रहेको बताए। सुमार्गीले उद्योगी व्यवसायीहरु भगौडा शैलीमा समातिने ब्यथिति गलत भएको बताउदै यसलाइ तत्काल सुधार गर्ने जिम्मेवारी व्यवासायिक नेतृत्वको काधमा रहेको औल्याए । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकार व्यवसायिक नीति अबलम्बन गर्न लागि परेको बताउदै निजि क्षेत्रका व्यवसायीहरुलाई करको दायरामा आएर काम गर्न र राज्यको भावना अनुसार काम गर्न आग्रह गरे। धादिङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बा खत्रीको सभाधय्क्षमा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष चण्डिराज ढकाल ,जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१