सिन्धुपाल्चोकको सुनकोसीमा बस दुर्घटना,१२ जनाको मृत्यु १८ जना घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७६, आईतवार ०९:२९

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१