नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहाेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७६, शुक्रबार १०:१६

नेपाल उद्योग बाणिज्य महासंघको चुनावी रौनकता शुरु भएको छ । आगामी चैत २८ र २९ गते हुन गईरहेको निर्वाचनका लागि प्रत्यासी उम्मेदवारहरुले आ–आफ्नो चहलपहल व्यापक बनाउन कम्मर कसेका छन् । प्रत्यासी उम्मेदवारहरुले आफूनिकट व्यवसायीहरुसँग छलफललाई तीव्र मात्र होइन भोट माग्ने कामलाई पनि शुरु गरिसकेका छन् ।

खासगरी विधान संशोधनको मुद्धालाई अगाडी बढाइएपनि यो विषय स्थगित भएपछि बरिष्ठ उपाध्यक्ष लगायत अन्य पदमा निर्वाचन हुने पक्कापक्की छ । महासंघको बरिष्ठ उपाध्यक्षका लागि एशोसियट उपाध्यक्षतर्फ चन्द्र ढकाल र किशोर प्रधानले तयारी थालेका छन् भने जिल्ला नगरको तर्फबाट उपाध्यक्षका लागि अरुणराज सुमार्गीले उम्मेदवारी अगाडी बढाएका छन् ।

सुमार्गीले यसअघि मकवानपुर उद्योग वाणिज्य संघको कुशल नेतृत्व गर्दै मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष भएर व्यवसायीहरुको पक्षमा महत्वपूर्ण कार्यहरु गरेका थिए । देशमा संघीयता लागु भएपछि उनको कार्यकुशलतालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य संघ बोर्डले प्रदेश नम्बर ३ को संयोजक जस्तो गरिमामय पदमा चयन गरेकोे थियो । गएको निर्वाचनमा जिल्ला नगरको उपाध्यक्षमा पराजित भएका दिनेश श्रेष्ठले पनि नगर उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा छ । तर पराजित भएपनि श्रेष्ठलाई सुमार्गीले नेपाल उद्योग महासंघको कार्यसमितिको अनुरोधमा ३ नम्बर प्रदेशको संयोजक बनाएका थिए ।

यो हिसाबमा श्रेष्ठले सुमार्गीलाई सहयोग गर्न सक्ने अनुमान गर्न सकिन्छ । सुमार्गीले पनि श्रेष्ठले आफूलाई गुण तिर्न भएपनि सहयोग गर्ने आशावादीमा रहेको बताउँछन् । हुनत जिल्ला नगरको उपाध्यक्षको चर्चामा प्रदेशसभाको निर्वाचनमा पराजित भइसकेका गुणनिधी तिवारी लगायतको पनि नाम चर्चामा छ । यस्तै एशोसियट उपाध्यक्षका लागि सौरभ ज्योती, साहिल अग्रवाल र ज्ञानेन्द्रलाल प्रधानले तयारी थालेको चर्चा छ ।

महासंघमा अध्यक्षसँग मतभेदका कारण कोषाध्यक्षबाट राजिनामा दिएका प्रधान सिएनआई गएपनि एशोसियट उपाध्यक्षमा आफुलाई सहयोग हुने अपेक्षामा महासंघ फर्किन लागेका हुन् ।

त्यस्तै बस्तुगत उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र कमला श्रेष्ठले तयारी थालेका छन् । अध्यक्षका लागि शेखर गोल्छा निश्चित भएसँगै अरु पदका लागि उम्मेदवारहरुले तयारी थालेका हुन् । उम्मेदवारहरुले अहिले आफूनिकट पूर्वअध्यक्ष, व्यवसायीहरुसँगको छलफललाई तिव्रता दिँदै सल्लाह सुझाव मागिरहेको चर्चा सुन्न थालिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१