विदेशी लगानीमा चीनको वर्चस्व, नेपालमा चिनियाँ लगानी ८० प्रतिशत भन्दा बढी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७६, बिहीबार ०९:२०

विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७५ र ७६ मा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनीमध्ये उद्योग विभागमा दर्ता भएका कुल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४०० रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फत १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

त्यसैगरी अस्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, मलेसियाबाट ५ करोड वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१