टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर (सम्झौतापत्र सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७६, बिहीबार ०५:३५

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच औपचारिक रुपमा सम्झौता भएको छ । टान सचिवालयमा आयोजित एक समारोहबीच टानको तर्फबाट अध्यक्ष खुमबहादुर सुवेदी र भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

टानका सदस्य टेकिङ कम्पनीहरुले गर्ने हरेक गतिविधिहरुमा २० प्रतिशत छुटको व्यवस्था गर्ने, नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर प्रवद्र्धन गर्ने, देश तथा विदेशमा पर्यटन प्रवद्र्धनार्थ विभिन्न कार्यक्रमहरु आयोजना गर्ने, पर्यटन प्रवद्र्धनमूलक तामिलहरु सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा फोहोरमैला व्यवस्थापन गर्दै स्वच्छवातावरणका लागि विभिन्न कार्यक्रम गर्ने, भ्रमण वर्ष उद्घाटन समारोहलाई सफल पार्नका लागि नेपाली संस्कृति झल्कने कार्यक्रम टान ल्होसार कार्यक्रम गर्नेलगायतका कार्यक्रमहरु दुईपक्षीय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

टान अध्यक्ष सुवेदीले भ्रमण वर्ष २०२० ले लिएको हरेक योजनाहरुलाई सफल पार्नका लागि टान सधैं आफ्नो ठाउँबाट भूमिका खेल्न तयार रहेको भन्दै यो सम्झौतापत्रमार्फत आपसी समन्वयमार्फत काम गर्ने वातावरण सिर्जना भएको बताउनुभयो ।

भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक वैद्यले भ्रमण वर्ष २०२० एउटा अभियानमात्रै नभएर निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै यो २०२० मै सक्ने अभियान नभएर नेपालमा लगानी बढाएर रोजगारी सिर्जना गर्दै समग्रमा आर्थिक विकास गर्ने लक्ष्यका साथ सुरु भएको कार्यक्रम भएको बताउनुभयो ।

भ्रमण वर्षको सफलताका लागि टानको महत्वपूर्ण भूमिका रहनेमा जोड दिदै वैद्यले यसै अवसरमा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचानका साथै यहाँका हरेक पदयात्रा तथा पर्वतारोहणलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो । पर्यटकको संख्यात्मकमात्रै नभएर गुणात्मक बृद्धि अहिलेको आवश्यकता भएको भनाइ उहाँको थियो ।

भ्रमण वर्ष २०२०का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पदयात्रा र पर्वताराहण क्षेत्रको विकासका लागि यो दुईपक्षीय सम्झौता कोशेढुंगा सावित हुने बताउनुभयो । सरकार, निजी क्षेत्र र भ्रमण वर्षसँग सम्बद्ध सबैको साझा उद्देश्य भनेको पर्यटकको संख्या बढाएर पर्यटन क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक सम्बृद्धिमा योगदान पुर्याउनु नै भएको भनाइ उहाँको थियो । २० लाख पर्यटक भित्र्याउने पहिलो दायित्व र त्यसबाट प्राप्त फाइदा निजी क्षेत्रकै भएको बताउनुभयो ।

कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य नवराज दाहालले नेपालको पर्यटनको विभिन्न आधारहरुमध्ये पदयात्रा र पर्वतारोहण पर्यटन नै भएकोले टानलगायत सम्बन्धित संघसंस्थाहरुले यसलाई सफल पार्नका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

भ्रमण वर्ष २०२० सरकारको मात्रै अथवा निजी क्षेत्रको मात्रै पनि नभएर राष्ट्रिय कार्यक्रम भएकोले सबैले सकारात्मक योगदान पुर्याउनुपर्ने भनाइ उहाँको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१