खेलकुद मन्त्री तथा राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७६, बुधबार १०:३२

काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । तरुण दलले खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

पदक जित्ने खेलाडीहरुले देशको इज्जत बचाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण पदक विजेता प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न दलले माग गरेको छ ।
खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुको चाकरीका लागि राखेपले दौरा सुरुवाल उपलब्ध गराएको तरुण दलको ठहर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१