जापानमा कामदार पठाउन लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७६, बुधबार ०९:४०

वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।

गत अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने नोभेम्बरसहित दुई चरणमा सम्पन्न परीक्षामा जम्मा ५६ जना मात्र उत्तीर्ण भएको जापान फाउन्डेसनले जनाएको छ ।

( यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१