टानद्वारा वेत्रावतीमा नयाँ टिम्स चेकपोष्ट स्थापना, टान अध्यक्ष सुवेदी र गाउँपालिका अध्यक्ष लम्सालले गरे संयुक्त उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७६, बुधबार ०५:१६

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकहरुको तथ्यांक राख्नका लागि रसुवाको बेत्रावतीमा पदयात्रा सूचना प्रणाली (टिम्स) चेकपोष्ट स्थापना गरेको छ। २०७६ मंसिर २३ गतेको दिन उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल र टानका अध्यक्ष खुमबहादुर सुवेदीको उपस्थितिमा बेत्रावतीमा नँया टिम्स चेकपोष्टको उद्घाटन गरिएको हो ।

टानका अध्यक्ष खुम बहादुर सुवेदीले आगामी २०७६ पौष १६ गतेदेखि संचालनमा आउने गरी चेकपोष्ट स्थापना गरिएको जानकारी दिए।

पदयात्रामा गएका पर्यटकहरुको तथ्यांक राख्न र पर्यटकको सुरक्षा गर्ने उद्देश्यले पदयात्रा सूचना प्रणाली लागू गरेको भन्दै अध्यक्ष सुवेदीले टिम्स नेपाल भरका पदयात्रा क्षेत्रमा लागु गर्न नेपाल सरकारसँग अनुरोध गरे ।

वेत्रावती बजार (मैलुङ – स्याफ्रुबेसी सडक मार्ग तथा सदरमुकाम धुन्चे पासाङल्हामो सडक मार्गको जिरो पोईन्ट) मा टिम्स चेकपोष्ट संचालन गर्न उपयूक्त रहेकोले यो चेकपोष्ट स्थापना गरिएको भनाइ अध्यक्ष सुवेदीको छ ।

उद्घाटन समारोहमा टानका कोषाध्ययक्ष ऋतु ग्याम्दान, कार्यसमिति सदस्य सनम शेर्पा, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा , पर्यटक प्रहरी नायक निरीक्षक मदन राज उपाध्यय, प्रहरी सहायक निरीक्षक सुबीदार यादव, प्रहरी हवलदार अकल योञ्जन, प्रहरी जवान पर्शुराम दाहाल र हाईलाईटस् टूरिजमका प्रतिनिधि लाल गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१