सागको भव्य समापन, आकाशमा देखिए नेपाल र बुद्धको आकृति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७६, बुधबार ०५:०८

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य कार्यक्रमबीच समापन भएको छ। समापनको अवसरमा गरिएको अतिशवाजीमा दशरथ रंगशाला परिसर झिलिमिलि भएको थियो ।

रंगशालामा अतिशवाजीसहित ड्रोन प्रयोग गरी बनाइएका आकृति मनमोहक देखिन्थे । आकाशमा नेपालको नक्सा, सागको लोगो, गौतमबुद्धलगायतको आकृति देखाइएको थियो ।

समापन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो भने सुरक्षाकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण भनेको आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु नै थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१