काठमाडौं । चक्रपथ विस्तारका क्रममा अाज नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ ।
नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।
यो वितरण केन्द्रबाट धुम्बाराही, चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, लगायत स्थानमा विद्युत् वितरण गरिएको छ । यी क्षेत्रमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्रतिक्रिया