हेलम्बु यातायातको गाडीमा एक्कासी आगो लागेपछि …

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७६, शुक्रबार ०६:२६

काठमाडौं । काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ ।

काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको बा २ ख ५७६९ नम्बरको हेलम्बु यातायाता प्रालीको यात्रुबसमा आगलागी भएको हो ।

काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको उक्त बसमा बुधबार अपराह्न ४ बजेतिर आगलागी भएको थियो ।

मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थिति बाहुनेपाटी मेलम्ची सडकको ढकालखहरे सडक खण्डमा गुडिरहेको अवस्थामा गाडीमा आगोको मुस्लो निस्किएको थियो ।

गाडीको अगाडीको भागबाट एक्कासी आगोका लप्का निस्किएपछि गाडी रोकेर यात्रुहरुलाई बाहिर निकालिएको थियो । यात्रुहरु गाडीबाट ओर्लिएपछि बस चालक, सहचालक, यात्रु र ढकालखहरेका स्थानीयले गाडीमा लागेको आगो निभएका थिए ।

‘नजिकै पानीको व्यवस्था भएका कारण गाडीमा लागेको आगो तत्काल निभाउन सकियो’ प्रत्यक्षदर्शी सानुमैया नेपालले भनिन्,‘पानी नभएको ठाउँमा भने बस पूरै जल्थ्यो ।’

आगलागीका कारण गाडीको अगाडिको भाग जलेको छ । यात्रुहरुलाई समयमै उद्धार गरिएका कुनै मानवीय क्षति भने हुन पाएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१