खैरो हिरोइनसहित चार युवक सिरहाको गोलबजारबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७६, बिहीबार ०४:३४

सिरहा । प्रहरीको टोलीले बुधबार साँझ सिरहाको गोलबजार नगरपालिका–३ बाट प्रतिबिन्धित लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ निवासी १८ वर्षीय बालकृष्ण साह, गोलबजार–३ निवासी १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उहाँका भाइ १८ वर्षीय निलमकुमार साहलाई पक्राउ गरेको हो ।

खैरो हिरोइनको खरीद बिक्री गरिरहेका अवस्थामा ब्राउन सुगरसहित चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट ८१ पोकामा करीब चार ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी निरीक्षक पुरीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१