नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७६, मंगलवार ११:०६

नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिच द्बिपक्षीय समझदारी पत्रमा ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो।
समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनी का कार्यालय प्रमुख श्री जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक श्री जमल बिन हसन अल मोवासीले हस्ताक्षर गर्नुभयो।
नेपाल र ओमानको राष्ट्रिय संग्राहलयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरीएको छ।
ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकाल लगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।उक्त कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक श्री दामोदर गौतम , राष्ट्रिय संग्राहलय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।
ओमान स्थित विभिन्‍न देशका राजदूतहरु, कूटनितिक कर्मचारीहरु, विद्यार्थीहरु तथा अन्य सर्वसाधारणहरुको उपस्थितमा राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख श्री जयराम श्रेष्ठद्बारा नेपालको राष्ट्रिय संग्राहलयको सम्बन्धमा प्रस्तुतीकारण दिनुहुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१