२६ लाख भारुसहित ३ जना फक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७६, सोमबार ०९:२५

धनगढी । कैलाली प्रहरीले चोरी गरिएको २६ लाख भारतीय रुपैयाँ (भारु)सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ का एकेन्द्र भण्डारी, कैलालीकै बर्दगोरिया गाउँपालिका–४ की शर्मिला खड्का र बसन्ती पोखरेल छन् ।

प्रहरीका अनुसार केही महिला अगाडि उनीहरुले भारतको बैङ्गोलरमा लुटपाट गरेका थिए ।

भारतबाट लुटपाट गरेका भागेका उनीहरु गत कात्तिकमा नेपाल पुगेका थिए ।

प्रहरीका अनुसार भण्डारी, खड्का र पोखरेलसहितको समूहले झण्डै २ करोड भारु लुटपाट गरेको थियो । उक्त समूहका रोशन सुनार र १ जना भारतीय नागरिक फक्राउ परिसकेका छन् । अझै ४ जना फरार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१